धन्न टर्यो अर्को दुर्घटना

२ श्रावण २०६९, मंगलवार १९:४६ मा प्रकाशित

काठमाडौं, २ साउन । एकपछि अर्को गरी विमान दुर्घटनाका घटना बढिरहेको परिवेशबीच आज अर्को विमान दुर्घटना हुनुबाट मुस्किलले बचेको छ । घटना सिमीकोटको हो । हुम्ला सदरमुकाम सिमीकोटबाट नेपालगञ्जका लागि उड्ने क्रममा रहेको तारा एअरको ट्वीनअटर जहाज आज बिहान सिमीकोट विमानस्थलमा रहेको विजुलीको खम्बामा ठोक्किएको छ । सिमीकोट विमानस्थलबाट उडने तयारी गर्दा बायां पंखाको टुप्पाले खम्बामा छोएपछि उक्त बिमान उडानका लागि अयोग्य बन्न पुगेको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख नरेन्दद्र थापाले जानकारी दिनुभयो ।
उड्ने बेला रन वेको बायांतिर जहाज बढी मोडिएर ट्वीनअटर जहाजले विद्युतको खम्बा छोएपछि अत्तालिएका पाइलटहरुले तत्काल स्टार्ट बन्द गरी सिमीकोट विमानस्थलमा बिमान पार्किङ गराएका थिए । सुर्खेतबाट सिमकोट गएर नेपालगञ्ज फर्कदै गरेको उक्त जहाजमा पांच यात्रु थिए भने क्याप्टेन शंकर श्रेष्ठ र विराज राजवंशीले जहाज उडाइरहेका थिए । ठूलो दुर्घटना हुनुबाट संयोगले बचेको उक्त जहाज ममृतका लागि बुधबार इञ्जिनियर टोली सिमीकोट पठाइने बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौं । नेकपा एमालेले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार