बक्स अफिस प्रणाली लागू

३ फाल्गुन २०७४, बिहीबार १८:५५ मा प्रकाशित

काठमाडौं ३ फागुन। पछिल्लो समय चलचित्रले हलमा कति व्यापार गर्याे भन्दा पनि चलचित्रको बढाइचढाइ व्यापारको हल्ला बढी चल्ने गथ्र्यो । अब भने त्यस्तो व्यापारको हल्ला गर्दै आएका निमार्ताहरूले चर्चा गर्न नपाउने भएका छन् । व्यापार जति भए पनि करोडौंको व्यापार भएको बताउँदै आएका चलचित्र निमार्ताहरूलाई मात्रै नभई बक्स अफिसको कार्यान्वयनपछि अब चलचित्र क्षेत्रले पनि न्याय पाउने भएको छ ।
लामो समयदेखि चर्चामा रहेको तर लागू नभएको बक्स अफिस नेपालमा औपचारिक रुपमा सुरु भएको हो । मंगलबार सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बक्स अफिसको उद्घाटन गरेसँगै काठमाडांैको थापाथलीस्थित शिखर कम्प्लेक्समा बक्स अफिसको ‘डाटा हब’ सञ्चालनमा आएको छ । बक्स अफिसको कार्यान्वयनले अब चलचित्रको आम्दानी पारदर्शी हुने भएकोले कसैले पनि कर छल्न नसक्ने भन्दै बस्नेतले फागुन १ गतेबाट देशभरका हलमा बक्स अफिस लागू गर्ने गरी काम सुरु भएको जनाए ।
चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले फागुन ७ गतेसम्ममा काठमाडांै उपत्यकाभित्र ई–टिकेटिङ जडान भएका मल्टिप्लेक्स हल र सर्भरबीच लिंक गर्ने ‘एपीआइ’ उपलब्ध गराउने गरी पत्राचार गर्ने बताउनुभयाे । यस्तै, ई–टिकेटिङ जडान नभएका हलहरूमा जडानका लागि पनि पत्राचार गरिने भन्दै उनले नेपालमा अब बक्स अफिस लागू हुन्छ या हुँदैन भन्ने दोधारमा नरहन सबैसँग अपिल गर्नुभएकाे छ ।
कार्यक्रममा चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले हल सञ्चालकहरूका कारण नेपालमा बक्स अफिस लागू हुन नसकेको भन्ने चर्चा गलत भएको बताउनुभयाे । पहिले ल्याइएको डाटा प्रणाली आफूहरूको विरुद्धमा आएकाले नमानिएको भन्दै उनले अब बक्स अफिस सञ्चालन हुने बताउनुभयाे ।डिजिटल टिकेटिङ प्रणाली लागू भएसँगै यसको सही मूल्यांकन हुने चलचित्र निमार्ताहरूको धारणा रहेको छ, जसबाट टिकटमाभएको अनियमिततालाई पनि बक्स अफिसले स्पष्ट पार्ने उनीहरूले जनाएका छन् ।
चलचित्र बिकास बोर्डले माघ ११ गते निर्णय भएको बक्स अफिस म्यानेजमेन्ट सिस्टमको परामर्शदाताबाट तयार भएको सफट्वेयर प्रारम्भीक परीक्षणको रूपमा काठमाडांै उपत्यकाभित्रका चलचित्र घरहरूमा पूणरुपमा र २०७५ माघ १ गते सम्ममा सम्पूर्ण चलचित्र घरहरूमा लागू गर्न गरेको निर्णयअनुसार काठमाडौं उपत्यकामा रहेका ई–टिकेटिङ जडान नभएका हलहरूमा अनिवार्य रुपमा २०७४ चैत मसान्तभित्र जडान गर्न आग्रह पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भर्सस्टाइल गायक रूद्रसेन विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘आबन बैठ भट्भटिया प’ वर्ल्डवाईड रिलिज गरिएको छ । भिडियोमा उनी

काठमाडौं । उदयमान युवा गायक आयुष खतिवडाले आफ्नो दोस्रो अफिसिएल म्युजिक ‘निर्दोष माया’ सार्वजनिक गरेका छन्। किशोरावस्थाको प्रेम र आकर्षणलाई

भारतको आयकर विभागले ६ सय ५० करोड रुपैयाँ भन्दा बढीको हिनामिना भएको विवरण सार्वजनिक गरेको छ । हिनामिनाको आरोपमा विभागले

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित प्रेसमिटमा फिल्म निर्माण घोषणा भएको हो