कृषिमा लगानी गरी देशलाई समृद्ध बनाउँछौँ – दाहाल

३ फाल्गुन २०७४, बिहीबार १८:३६ मा प्रकाशित

सिन्धुली, ३ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अब कृषिमा लगानी गरी देशलाई समृद्ध बनाइने बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायतर्फको दोस्रो आगिंक क्याम्पसको मरिण गाउँपालिका–६ मा आज भवन शिलान्यास तथा कक्षा उदघाट्न गर्दै उहाँले वाम गठबन्धनको सरकारले कृषिमा मुठ्ठी खोलेर लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कृषिमा आधारित उद्योगविना नेपालमा खोलिने कुनै पनि उद्योग दीर्घकालीन हुन नसक्ने उहाँको तर्क छ । नेपालको विकास गर्ने हो भने व्यावसायिक र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने उहाँले बताउनुभयो ।  नेपालमा दिगो विकास गर्ने हो भने कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिँदै अब वाम गठवन्धनको सरकारले अनुसन्धानसहितको कृषि तथा अनुसन्धान केन्द्रको स्थापनालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अब बन्ने सरकारले कृषि, प्राविधिक तथा अनुसन्धान विश्वविद्यालय खोल्न बजेटको अभाव हुन नदिइने उहाँले बताउनुभयो । दुई पार्टीबीच नेतृत्वको विषय टुङ्गिसकेको बताउँदै उहाँले अन्य केही प्राविधिक कुरा भने केही दिनमा नै मिल्ने बताउनुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालले त्रिविले मन्त्रिपरिषद्को निर्णयलाई नमान्दा विश्वविद्यालय सञ्चालनमा नै समस्या भएको बताउनुभयो । सिन्धुलीको मरिण गाउँपालिका–६ मा खुलेको कृषि क्याम्पसमा हाल ५० विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)

काठमाडौं । प्रधानमन्त्रीविरुद्ध प्रदेशसभा बैठकमा नै आपत्तिजनक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले आत्मालोचना गरेका छन् । प्रदेशसभाको

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी