फ्लोरिडाको पार्कल्याण्डस्थित हाई स्कुलमा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा १७ को मृत्यु

३ फाल्गुन २०७४, बिहीबार ०८:०९ मा प्रकाशित

फ्लोरिडा, ३ फागुन । फ्लोरिडा राज्यको पार्कल्याण्डस्थित स्टोनमेन डगलस माध्यमिक विद्यालयमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ।

बुधबार बिहान स्कुलकै पूर्व विद्यार्थीले पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइ स्कुलमा अन्धाधुन्ध गोली चलाउदा १७ जनाको मृत्यु भएको फ्लोरिडा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अन्धाधुन्ध गोली प्रहारमा परि अन्य विद्यार्थीहरू समेत घाइते भएको भएका छन् भने १२ जनाको स्कुल भित्रै, दुई जनाको स्कुल बाहिर, एक जनाको स्कुल नजिकैको रोडमा र दुई जनाको स्थानिय अस्पतालमा मृत्यु भएको छ ।

एआर -१५ राइफल चलाउने १९ वर्षिय निकोलस क्रुजलाई नियन्त्रणमा लिइएको फ्लोरिडा प्रहरीले जानकारी दिएको छ । बन्दुकधारी क्रुजलाई स्टोनमेन डगलस माध्यमिक विद्यालयबाट अनुशासनको कारबाही गर्दै निष्कासन गरिएको प्रहरीले जनाएको छ ।

यस्तो घटना शैक्षिक क्षेत्रमा सन् २०१२ यताभएको सबैभन्दा ठूलो गोलीकाण्ड हो । सन् २०१२ मा केन्टकीको एक विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको थियो ।

गोली लागेर घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आउन सकेको छैन। राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । २०७४ फागुन ३ गते एमाले नेतृत्वको