सौराहामा ‘हात्तीको वनभोज’

३ फाल्गुन २०७४, बिहीबार ०७:५२ मा प्रकाशित

चितवन, ३ फागुन । पर्यटक बोकेर जंगल डुलाउने र संरक्षणको काममा मानिसले जता भन्यो उतै जाने चितवनको सौराहाका हात्तीको दैनिकी बुधबार छुट्टै बन्यो ।  लावालस्करसहित सौराहाको सिसवार चौरमा आएका हात्तीहरू आज मीठामीठा परिकारमा रमाए । हात्तीहरूका लागि मनपर्ने खाना सख्खर, उखु, बन्दा, केरा, धान, कुचि लगायतका खानेकुरा हात्तीले रमाई रमाई खाए । वनभोजमा ६० वटा हात्ती सहभागी थिए ।
सौराहामा जारी खाना महोत्सवका अवसरमा संरक्षणको चेतना दिन हात्तीको जमघट गराइएको हो । बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वनको पहलमा खाना महोत्सवका अवसरमा पहिलो पटक हात्तीको वनभोज कार्यक्रम गरिएको रेष्टुरेण्ट एण्ड वार एशोसिएशन नेपाल (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो । एकै ठाउँमा ६० वटा हात्ती देख्दा पर्यटकसमेत रमाएका छन ।  काठमाडौँबाट आउनुभएका प्रणव सुवेदीले यतिधेरै हात्ती एकैसाथ देख्नु भाग्य कै कुरा हो भन्नुभयो । हात्तीका लागि वनभोज नयाँ र सकारात्मक कार्यक्रम भएको सुवेदीको भनाइ छ ।  रेवान, सौराहा र महिला रेवानको आयोजनामा यहाँ खाना महोत्सव चलिरहेको छ । हात्ती वनभोजको उद्घाटन गर्दै चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले हात्तीको स्वास्थ्य र संरक्षणका लागि वनभोज कार्यक्रमले सकारात्मक सन्देश दिने बताउनुभयो । बाघमारा सामुदायिक वनका अध्यक्ष विपी चौधरीले फुड फेष्टिवलका लागि हात्ती वनभोज नयाँ आयाम भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

फ्लोरिडा । मेक्सिकोकी सुन्दरी एंड्रिया मेजाले मिस युनिभर्स २०२१ को ताज जितेकी छन् । आइतबार राति अमेरिकाको फ्लोरिडास्थित हलिवुडको हार्ड

काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको