एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपाल विश्वकप छनोटमा

३ फाल्गुन २०७४, बिहीबार ००:३३ मा प्रकाशित

काठमाडौं, २ फागुन । विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल एक विकेटले विजयी भएको छ । क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ ।

क्यानडा विरुद्धको आजको खेलमा १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, चमत्कारपूर्ण खेल खेलेर अनुमानविपरित खेल उल्टाएका करण केसीले ३१ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ४२ रन बनाएर नटआउट रहे र नेपाल एक विकेटले विजयी भएको छ ।

यसअघि नेपालले पहिलो खेलमा नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो। त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्सलाई हराएको थियो ।

आजको जितसँगै नेपाल विश्व क्रिकेट लिग डिभिजन–१ मा प्रवेश गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई

काठमाडौं । सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा