सरकारको नेतृत्व आलोपालो-ओली दाहाल सहमति

२ फाल्गुन २०७४, बुधबार ०७:४३ मा प्रकाशित

काठमाडाै २ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकारको नेतृत्व आलोपाल गर्ने विषयमा सहमति कायम भएको बताइएको छ ।नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार सरकारको नेतृत्व आलोपालो गर्ने, सानो पदाधिकारी बनाउने, महाधिवेशनसम्म सानो कमिटी बनाएर जाने, दुवै सह–अध्यक्ष बन्ने विषयमा लगभग सहमति जुटेको छ । दुई नेताबीच सोमबारदेखि लगातार वान टु वान वार्ता भएको छ । मंगलबार पनि वान टु वान वार्तापछि एकता संयोजन समितिको बैठक बोलाउने विषयमा छलफल भएको छ । एकता संयोजन समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ । संयोजन समितिको बैठकमा पार्टीको नाम, वैचारिक कार्यदिशा लगायतका विषयमा कुराकानी हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय