एकता टुंग्याउन ओली र प्रचण्डबीच आज छलफल

२९ माघ २०७४, सोमबार ०९:५१ मा प्रकाशित

काठमाडौं, २९ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल हुने भएको छ । आइतबार बस्ने भनिए पनि प्रचण्ड व्यस्त रहेका कारण भेटवार्ता हुन नसकेको एमाले अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ । ‘उहाँहरूबीच सोमबार कुराकानी हुन सक्ने सम्भावना छ,’ ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले भन्नुभयो।

दुई नेताबीच सैद्धान्तिक–वैचारिक र सांगठनिक एकताको मोडालिटीमा आन्तरिक समझदारी भएपछि ठोस रूप दिने गरी छुट्टाछुट्टै कार्यदल बनाएर गृहकार्य अघि बढाउने पछिल्लो समझदारी भएको छ ।

कार्यदलको गृहकार्य टुंगिएपछि एकता अन्तिम चरणमा पुग्ने दुवै पार्टीका नेताहरूले बताउँदै आएका छन् । नेतृत्वका लागि अध्यक्ष, सहअध्यक्ष र महासचिव, दुवै नेता अध्यक्ष या सहअध्यक्ष हुने, एउटालाई सर्वोच्च नेता बनाएर दुवै पार्टीबाट सहअध्यक्ष प्रमुख नेताका रूपमा रहनेलगायतका मोडालिटी छलफलमा छ ।

एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने मोडालिटी प्रस्ताव गर्नुभएको छ। ०४७ को तत्कालीन माले र माक्र्सवादी एकीकरण गर्दाको यो मोडलअनुसार सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने उहाँको प्रस्ताव छ ।

माले–माक्र्सवादी एकीकरणपछि बनेको एमालेमा माक्र्सवादीका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी अध्यक्ष हुनुहुन्थ्यो भने मालेबाट मदन भण्डारी महासचिव बन्नुभएको थियाृ । यसरी एकता गर्दा नेताद्वय माधव नेपाल र झलनाथ खनालमध्ये एकजनालाई राष्ट्रपति पनि बनाउन सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्