यूएईविरुद्ध नेपाल ४ विकटले विजयी, पारसको अर्धशतक

२८ माघ २०७४, आईतवार २१:१६ मा प्रकाशित

काठमाडौं, २८ माघ । विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो जित दर्ता गरेको छ । नेपालले आफ्नो तेस्रो खेलमा युएईलाई ४ विकेटले हराउन सफल भएको हो ।

३४ ओभरमा १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ६ विकेटको क्षतिमा २८.५ ओभरमै पुरा गर्न सफल रह्यो । नेपालका लागि कप्तान पारस खड्काले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । पारसले ४८ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे ।

नेपालले ओपनरद्वय ज्ञानेन्द्र मल्ल र दिलिप नाथलाई सस्तैमा ५ ओभरभित्रै गुमाएको थियो । शरद भेषवाकर (३ रन) र दीपेन्द्र ऐरी (४ रन) लाई पनि नेपालले सस्तैमा गुमायो । तर पारसको पारी नेपालको जितको आधार बन्यो । अन्त्यमा आरिफ शेख, रोहित पौडेल र सोमपाल कामीले नेपालको जित सुनिश्चित गरेका थिए ।

यसअघि नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै ३१ ओभरमा युएईलाई १ सय १४ रनमै अलआउट गर्न सफल भएको थियो । पानी परेर मैदान भिजेकाले खेल ढिलो सुरु भएको कारण खेललाई ३४ ओभरमा झारिएको थियो ।

नेपालका लागि सोमपाल कामी र सन्दिप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरे । सन्दिपले ७ ओभरमा ३० रन दिँदै ३ विकेट लिए । सन्दिपले आफ्नो पहिलो ओभरमै दुई बलमा दुई विकेट लिँदै खेल नेपालको पक्षमा ढल्काएका थिए । त्यस्तै सोमपाल कामीले ४ विकेट लिए । पारसले बलिङतर्फ पनि २ विकेट लिए भने करन केसीले एक विकेट लिएका थिए ।

सोमपालले पहिलो ओभरमै नेपाललाई विकेट दिलाएका थिए । युएईका लागि साइमन अन्वरले सर्वाधिक ३० रन बनाएका थिए । उनलाई सन्दिपले नै बोल्ड गरेका थिए । नेपालले आफ्नो पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको थियो भने ओमानसँग २३ रनले पराजित भएको थियो । नेपालले भोली केन्याको सामना गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्