एमालेबाट संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ

२८ माघ २०७४, आईतवार १८:५८ मा प्रकाशित

काठमाडाैं, २८ माघ ।  प्रदेश नं ४ मा नेकपा (एमाले)को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ सर्वसम्मत निर्वाचित बन्नुभएको छ ।  संसदीय दलको नेताका लागि एमालेको केन्द्रीय सचिवसमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङ र पार्टीको प्रदेश नं ४ का संयोजक किरण गुरुङ इच्छुक देखिएपछि सर्वसम्मतिका लागि पहल गरिएको थियो । सर्वसम्मति गर्न आज शान्ति वनबाटिकास्थित नेकपा (एमाले)को जिल्ला कार्यालयमा पार्टीका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासी, प्रतिनिधिसभा सदस्यहरू रवीन्द्र अधिकारी, खगराज अधिकारीलगायत नेतासहित प्रदेशसभा सदस्य सहभागी बैठकले पृथ्वीसुब्बालाई सर्वसम्मत गरेको हो ।

संसदीय दलको नेतामा सर्वसम्मत भएपछि नेता गुरुङले पार्टीका नेताको सहजता एवं प्रदेश नं ४ का संयोजक प्रदेशसभा सांसद किरण गुरुङको प्रस्तावमा आफू सर्वसम्मत निर्वाचित भएको बताउनुभयो । वाम गठबन्धनको अर्को दलले पनि संसदीय दलको नेता चुनिसकेको बताउँदै उहाँले दुवै दलको संसदीय दलको नेता चुनिएको कुरा प्रदेश प्रमुखलाई जानकारी गराउँदै हाम्रो बहुमत संख्या छ भनी मुख्यमन्त्रीको दाबी गर्ने बताउनुभयो । प्रदेशसभा सदस्य किरण गुरुङले पार्टीको बृहत् एकता र यो प्रदेशको संयोजक एवं अभिभावकको हैसियले आफ्नै पहलमा सर्वसम्मत गरिएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्