११ वर्षपछि सकियाे चमेलियाकाे निर्माण

२७ माघ २०७४, शनिबार १६:४४ मा प्रकाशित

काठमाडाैं, २७ माघ । निर्माण सुरू भएकाे ११ वर्षपछि चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादन सुरू भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना उद्घाटन गर्दै बत्ती बाल्न पाउने पहिलो हक सुदूर पश्चिमका स्थानीयको भएको बताउनुभएकाे छ ।

शनिबार आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको  हाे । चमेलियाबाट विद्युत् उत्पादन सुरु भएपछि स्थानीय क्षेत्रमा उद्योगधन्दा सञ्चालन भई रोजगारीको अवसर सिर्जना हुने प्रधानमन्त्री देवाउकाे भनाइ छ । ‘आयोजना निर्माणको शिलान्यास गर्दा म प्रधानमन्त्री थिएं,’ उहाँले भन्नुभयाे,‘आज आयोजना पूरा हुँदा पनि म देशको प्रधानमन्त्री भएर विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको अवसरको उद्घाटन गर्न पाउँदा खुशी लागेको छ ।’ आयोजना निर्माण भएपछि वर्षा यामको बाढी पहिरोको जोखिम कम भई स्थानीयको अवस्था सुधार हुने पनि देउवाले बताउनुभयाे ।

चमेलिया बेसिनमा अब आफु र आफ्नो पार्टी नेपाली काँग्रेसले निजी क्षेत्रलाई नयाँ आयोजना निर्माण गर्न प्रोत्साहन गर्ने उहाँको भनाई छ । अहिले ९० मेगावाटका आयोजना निर्माणाधीन चमेलियामा २ सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भाव्यता रहेको जानकारी दिनुभयाे । सुदूर पश्चिममा कर्णाली, महाकाली,पश्चिम सेती,बूढीगंगालगायत आयोजनाबाट २० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना रहेको उहाँको जिकिर छ । उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापाले आयोजना प्रभावित तथा स्थानीय बासीलाई केही महिनाभित्रै विद्युतीकरणको प्रक्रिया अघी बढाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुमान घिसिङलाई निर्देशन दिनुभयाे । योजना अनुसार काम गरे विद्युत्को पहुँच नपुगेका जनतामा विद्युतीकरण गर्न सकिने पनि उहाँले बताउनुभयाे । निर्माण सुरु भएको ११ वर्षपछि चमेलियाको ३० मेगावाट विद्युत् शनिवारबाट राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस