कोइराला–राजदूत भेटवार्ता

२ श्रावण २०६९, मंगलवार १४:१६ मा प्रकाशित

काठमाडौं, २ साउन । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि जर्मनीका राजदूत ग्रेफिन भोन रोडर्नबीच आज बिदाइ भेटवार्ता भएको छ । महाराजगन्जस्थित कोइराला निवासमा भएको भेटवार्ता मुलुकको पछिल्लो राजनीतिक विषयवस्तुमा केन्द्रित भएको जनाइएको छ । भेटमा राजदूत रोडर्नले जर्मनी नेपालको विकासमा सदैव सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको कोइरालाका सहयोगी जीवन ढकालले जानकारी दिए ।
उहांहरुबीच मुलुकको शान्ति प्रक्रिया, संविधान लेखन र समसामयिक विषयमा छलफल भएको थियो । छलफलमा सभापति कोइरालाले मुलुकको राजनीतिक सङ्कटका लागि आफ्नो पार्टी प्रतिवद्ध रहेको र त्यसका लागि दलहरुबीच सम्वादको प्रक्रिया थालिएको जानकारी गराएका थिए । भेटमा जर्मनीद्वारा नेपालमा सञ्चालित विकास कार्यक्रम र सहयोगका बारेमा छलफल भएको र नेपालको विकासका लागि जर्मनीले पु¥याउंदै आएको सहयोगप्रति सभापति कोइरालाले आभार व्यक्त गरेका थिए ।
राजदूत रोडर्न नेपालका लागि राजदूतको कार्यकाल पूरा गरी केही दिनपछि स्वदेश फर्कन लागेका राससले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा