सिंचाई मन्त्रालयका सचिव यादव चढेको जिप त्रिशूली नदीमा बेपत्ता

२७ माघ २०७४, शनिबार ०८:१४ मा प्रकाशित

धादिङ, माघ २७ । धादिङको बेनीघाट गाउँपालिका–४ सलाङघाटबाट एउटा जिप त्रिशूली नदीमा खस्दा सिंचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसहित तीन जना बेपत्ता भएका छन् ।

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप आज बिहान अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको हो । जिपमा सवार सिंचाई मन्त्रालयका सचिव यादवसहित उहाँका छोरा सञ्जय र एक जना आफन्त बेपत्ता हुनुभएकाे छ । गाडी चालक निराजन यादवलाई भने उद्दार गरेर काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले जानकारी दिनुभयाे । बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत प्राप्त भएन । संसदले विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका छन्