सरकार गठनका लागि प्रधानमन्त्रीकाे राजीनामा नपर्खनाैं- पूर्वसभामुख नेम्वाङ

२५ माघ २०७४, बिहीबार १७:१४ मा प्रकाशित

काठमाडाैं २५ माघ । एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वसभामुख सुवास नेम्वाङले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा नपर्खने बताउनुभएकाे छ। विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता नेम्वाङले संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिइरहनु नपर्ने बताउनुभएकाे हाे । राष्ट्रियसभा निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिने चर्चा भइरहेका बेला नेता नेम्वाङको यस्तो भनाइ आएको हो। नेम्वाङले भन्नुभयाे, ‘नयाँ जनादेश आएलगत्तै तत्काल राजीनामा नदिएर प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य, मान्यताको खिल्ली उडाउनुभएकाे छ।’ उहाँले भन्नुभयाे, ‘प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक हुनेबित्तिकै नयाँ सरकार गठन हुनेछ।’ लोकतान्त्रिक मूल्य र मान्यताअनुसार चल्ने कुनै पनि मुलुकले जनादेशलाई मान्ने गरे पनि प्रधानमन्त्री देउवाले त्यसअनुसारको आचरण देखाउन नसकेको नेम्वाङको आरोप थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा दाहाल

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक