भारतको नयाँ राष्ट्रपतिमा मुखर्जीको विजय सम्भावना

२ श्रावण २०६९, मंगलवार १४:०० मा प्रकाशित

नयाँ दिल्ली, २ साउन । भारतमा हुन गइरहेको आगामी राष्ट्रपति पदको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार प्रणव मुखर्जी विजयी हुने सम्भावना रहेको समाचारहरु आइरहेका छन् ।
आगामी बिहीबार हुन लागेको सो निर्वाचनमा ७६ वर्षीय वरिष्ठ राजनीतिज्ञ मुखर्जीको सम्भावना बढेको विश्लेषकहरु बताउँछन् ।

सत्तारुढ दलहरुको प्रगतिशिल गठबन्धनका तर्फबाट साझा उमेदवार रहनुभएका मुखर्जीलाई सत्ता बाहिर रहेका अरुपनि केही साना राजनीतिक दलहरुले समर्थन गर्ने क्रम बढीरहेकोले उहाँको विजयी हुने सम्भावना बढेको बताइएको छ ।

कतिपय विश्लेषकहरुले पूर्ण रुपमा औपचारिक (सेरेमोनियल) रहने भारतीय राष्ट्रपतिको सो पदमा भारतमा लामो समयदेखि सक्रिय राजनीतिमा लाग्नुभएका वरिष्ठ राजनीतिज्ञको विजयले उक्त पदलाई बढी सक्रिय वा प्रभावकारी बनाउन सक्ने आशङ्का पनि व्यक्त गरेका छन् ।

आगामी बिहीबार सो पदमा निर्वाचन हुनेछ । भारतीय संसदको तल्लो सदनका सांसदहरुको संलग्नतामा हुने सो निर्वाचनको नतिजा भने आगामी आइतबार मात्र सार्वजनिक गरिने निर्वाचनको कार्यक्रम रहेको छ ।

भारतका हालका राष्ट्रपति प्रतिभा पाटिलको तुलनामा विजयी भएमा आगामी राष्ट्रपतिका रुपमा प्रणव मुखर्जीको सक्रियता बढी हुने सम्भावनालाई विश्लेषकहरुले अघि सारिरहेका पनि समाचारमा जनाइएको छ ।

भारतका एकजना वरिष्ठ राजनीतिक विश्लेषक एवम् लेखक टि के त्रिपाठी भन्नुहुन्छ– भारतीय राजनीतिमा विगतदेखि नै खासै स्थायी प्रकृतिको गठबन्धन त छैन तरपनि यदि राष्ट्रपति भएमा मुखर्जीको सीपलाई राजनीतिक गठबन्धनका लागि प्रयोग पनि गर्नसक्ने सम्भावना रहन्छ । यसअघिसम्म भारतको अर्थमन्त्रीका रुपमा रहनुभएका मुखर्जीले भारतीय काँग्रेसको सक्रिय राजनीति गर्नुभएको थियो ।

प्रायः सबैजसो समयमा नीतिगत विवाद आइरहने भारतीय काँग्रेस दलमा उहाँले समस्या समाधान गर्ने एक पाको राजनीतिज्ञका रुपमा काम गरिरहनुभएकोले आगामी दिनमा पनि उहाँले सो दलका लागि केही न केही सद्भाव राख्नुहुने सम्भावनाका बारेमा पनि विभिन्न पत्रपत्रिका एवम् विश्लेषकहरुले विचार राखेका छन् ।

सन् १९३५ मा जन्मिनुभएका कुशल राजनीतिज्ञका रूपमा परिचित मुखर्जीसँग भारतीय राजनीतिको निकै लामो अनुभव छ । उहाँले भारतका विभिन्न मन्त्रीका रुपमा समय समयमा सेवा गरिसक्नुभएको छ ।

पश्चिम बङ्गालमा जन्मिनुभएका उहाँ भारतका एकजना महान स्वतन्त्रता सेनानी कामदाकुमार मुखर्जीको पुत्र हुनुनहुन्छ ।उहाँका पिता कामदाकुमारलाई भारतीय स्वतन्त्रता आन्दोलनमा बेलायती शासनले १० वर्षभन्दा लामो समयसम्म जेल हालेका थिए ।

मुखर्जीले सन् १९९१ देखि पाँच वर्षसम्म भारतीय राष्ट्रिय योजना आयोगको उपाध्यक्षको भूमिकामा रहेर पनि काम गर्नुभएको छ । त्यस्तै पटक पटक वित्तमन्त्री र रक्षा एवम् विदेश मन्त्रीसमेत रहेर काम गर्नुभएका उहाँ भारतको एक कुशल राजनीतिज्ञ हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ । संघको यस दवावले

यस बर्षको नोबेल पुरस्कार अन्तर्गत विज्ञान र साहित्यतर्फका विजेताहरूलाई उनीहरूको आफ्नै देशबाट पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको नोबेल पुरस्कार फाउण्डेसनद्वारा

एजेन्सी । अमेरिकाको संसद भवन ‘क्यापिटोल हिल’ मा भएको दंगामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीहरु तानिएका छन् । गत

कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका