प्रदेश ६ को बहुमतीयमा वाम गठबन्धन विजयी

२४ माघ २०७४, बुधबार १९:४४ मा प्रकाशित

सुर्खेत २४ माघ ।  प्रदेश नम्बर ६ को राष्ट्रियसभा निर्वाचनको बहुमतीय (अपांगता वा अल्पसंख्यक र दलित) तर्फ वाम गठबन्धनका उमेदवार विजयी भएका छन् । दलिततर्फ एमालेका नरपति लुवार र अपांगता वा अल्पसंख्यकमा माओवादी केन्द्रका जीवन बुढा विजयी हुनुभएकाे छ । नरपतिले तीन हजार ६६६ मत ल्याएर विजयी हुनुभएकाे हाे भने उहाँका प्रतिस्पर्धी कांग्रेसका मित्रलाल सार्कीले ९६० मत पाउनुभएकाे छ। यस्तै जीवनले तीन हजार ७२० मत ल्याए भने उहाँका प्रतिस्पर्धी कांग्रेसका गोपालप्रसाद शर्माले ९७८ मत ल्याएको निर्वाचन आयोगले जानकारी दिएकाे छ । बाँकी एकल संक्रमणीयतर्फका ६ पदमा भने मत गणना जारी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ