राष्ट्रिय सभामा ९९.५२ प्रतिशत मतदान

२४ माघ २०७४, बुधबार १९:३५ मा प्रकाशित

काठमाडौं २४ माघ। सात प्रदेशमध्ये ६ प्रदेशमा सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाताको व्यापक, उत्साहजनक र शान्तिपूर्ण सहभागितामा मतदान कार्य सकिएको निर्वाचन आयोगले जनाएको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान कार्य दिनको ३ बजे सम्पन्न भएको थियो । कुल ५६ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नम्बर २ का ८ वटै सदस्यहरू निर्विरोध निर्वाचित भएकाले त्यहाँ मतदान गर्नुपरेन । कुल २ हजार ५६ जना मतदातामध्ये मतदानमा ६ प्रदेशका स्थानीय तहका १ हजार २३४ र प्रदेश सभाका ४४३ गरी कुल १ हजार ६७७ जना मतदातालाई मताधिकार प्राप्त थियो ।  सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार मतदानमा ९९.५२ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिनुभयाे ।६ वटै प्रदेशका जम्मा १ हजार ६७७ जना मतदातामध्ये १ हजार ६६९ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् । जम्मा ८ जना मतदाता अनुपस्थित थिए ।

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्यहरू गरी २,०५६ मतदाता रहेका थिए ।त्यसैगरी, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १,५०६ जना मतदाता प्रत्येकको मतभार १८ र प्रदेश सभाका सदस्य ५५० जना मतदाता प्रत्येकको मतभार ४८ हुने प्रावधान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ: संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

मोरङ: कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल