बन्याे धुर्मुस–सुन्तली फाउण्डेसनकाे सन्तपुर एकीकृत नमूना बस्ती, राष्ट्रपति भण्डारीद्वारा हस्तान्तरण

२४ माघ २०७४, बुधबार ०७:५६ मा प्रकाशित

रौतहट २४ माघ – धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती राष्ट्रपति विद्यादेवी भण्डारीले बाढीपीडित दलित परिवारलाई हस्तान्तरण गर्नुभएको छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–८, सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर मंगलबार बस्ती हस्तान्तरण गरिएको छ ।गएको असोज ४ गते शिलान्यास गरिएको यो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत बनेका छन् ।

गएको साउनमा आएको बाढीले गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो ।एकीकृत नमूना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार सीताराम कट्टेलले बताउनुभयो । बस्ती हस्तान्तरण कायक्रममा २ नम्बर प्रदेश प्रमुख रन्तेश्वर लाल कायस्थ, मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतको उपस्थिति थियो ।बस्ती २ सय ८४ जना बासिन्दाका लागि बनाइएको धुर्मुस–सुन्तली फाउण्डेसनले जनाएको छ । बस्ती करिब पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको