त्रिवि पदाधिकारीलाई बर्खास्त नगरे कडा संघर्ष हुन्छ- डा गोविन्द केसी

२३ माघ २०७४, मंगलवार १७:२७ मा प्रकाशित

काठमाडौं । डा. गोविन्द केसीले न्यायिक जाँचबुझ आयोगको सिफारिसबमोजिम त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने लगायतका मा अघि सार्दै पूरा नभए कडा विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिनुभएकाे छ । मंगलबार विज्ञप्ति जारी गर्दै उहाँले यस्तो चेतावनी दिनुभएकाे हाे। उहाँले न्यायिक जाँचबुझ आयोगको सिफारिसबमोजिम त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्ने, अन्य विश्वविद्यालय, प्रतिष्ठान र काउन्सिलका तत्कालीन पदाधिकारीहरुलाई कारवाही गर्ने, आइओएम डिनको कार्य सम्पादनमा ल्याइएको अवरोध रोक्ने र गोपाल पराजुलीले राजीनामा दिने तथा उहाँले दिएको ज्यान मार्ने धम्कीमाथि निष्पक्ष छानविन हुनेजस्ता कामहरु अविलम्ब नभएमा कडाभन्दा कडा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिइएको छ ।

विज्ञेप्तिमा भनिएकाे छ “स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा सुधार तथा सुशासनका मुद्दामा हामी निरन्तर संघर्षरत रहँदै आएको विदितै छ, त्यस क्रममा मेडिकल माफियाका मतियारका रुपमा काम गरिरहेका भ्रष्ट त्रिवि पदाधिकारीहरुको बर्खास्ती, छानविन र उनीहरुमाथि कारवाहीको माग हामीले लामो समयदेखि राख्दै आएका छौं।” उनीहरुले पछिल्लो समय आइओएमका डिनको कार्य सम्पादनमा अवरोध गरेर संस्था नै धराशायी बनाउन लागी परेको दुखदायी यथार्थसमेत हामी सामू छ ।  यसैबीच चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले फर्जी मेडिकल कलेज सम्बन्धन प्रकरणमा त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई बर्खास्त गर्ने तथा कार्यकारी परिषद्का अन्य सदस्यहरुलाई समेत कारवाही गर्ने, काठमाडौं विश्वविद्यालय, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाल मेडिकल काउन्सिलका तत्कालीन पदाधिकारीहरुलगायतलाई पनि कारवाही गर्ने सिफारिशसहित आफ्नो प्रतिवेदन बुझाएको समाचार आएको विज्ञेप्तिमा उल्लेख छ ।  “कार्य सम्पन्न गरेकोमा आयोगका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्दै नेपाल सरकारलाई तत्काल सो प्रतिवेदन सार्वजनिक गरेर त्यसका सिफारिश कार्यान्वयन गर्दै सबै दोषी पदाधिकारीहरुलाई सिफारिश बमोजिम कारवाही गरेर जवाफदेहिताा स्थापित गर्न ध्यानाकर्षण गराउँछौं । त्यसक्रममा तत्काल त्रिवि पदाधिकारीलाई बर्खास्त गर्ने, दलीय भागवण्डाका आधारमा नभई वरिष्ठता, योग्यता र कार्यक्षमताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्ति गर्न सरकारलाई आग्रह गर्दर्छौं । ” विज्ञेप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कमद असंवैधानिक ठहर्याउँदै संसद् पुनःस्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ ।