निकासकोलागी निर्वाचन नै सर्वोत्तम विकल्प ः निधि

२ श्रावण २०६९, मंगलवार १३:५३ मा प्रकाशित

वीरगन्ज, २ साउन । नेपाली का“ग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण र जटिल राजनीतिक विषयलाई किनारा लगाउन निर्वाचन नै सर्वोत्तम विकल्प हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन पर्साद्वारा आज यहा“ आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण र जटिल राजनीतिक विषयलाई किनारा लगाउन संविधानसभाको पुनःस्थापना उत्तम निकास हो भने निर्वाचन सर्वोत्तम निकास हो भन्नुभयो ।

‘संविधानसभाको पुनःस्थापना वा निर्वाचन जे गरे पनि राजनीतिक दलबीच सहमति, सहकार्य र एकता भने हुनैपर्छ’, नेता निधिले भन्नुभयो–अहिले मुलुकमा देखिएको संवैधानिक र राजनीतिक सङ्कटको निकासका लागि दलबीच सहमति हुनाको विकल्प छैन, संविधान निर्माण र निर्वाचनका लागि भए पनि संविधान संशोधन गर्न केही दिनका लागि संविधानसभा पुनःस्थापना गर्नु उपयुक्त हुन्छ ।

संविधानअनुसार पदमुक्त भइसकेका प्रधानमन्त्रीले धेरै लामो समयसम्म सत्तामा बसिरहनु राष्ट्र हितमा नहुने तर्क अघि सार्दै उहा“ले संवैधानिक र राजनीतिक सङ्कट निकासका लागि प्रधानमन्त्रीले तत्काल अर्को प्रधानमन्त्रीका लागि बाटो खोलिदिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको