समृद्धि हासिल गर्ने अठोटसँगै प्रादेशिक संसद्को थालनी

२२ माघ २०७४, सोमबार १८:५३ मा प्रकाशित

हेटौँडा, मकवानपुर, २२ माघ । मुलुकमा संघीय व्यवस्था अनुसार सातवटै प्रदेशकाे पहिलाे प्रदेशसभा बैठक सम्पन्न भएकाे छ । संक्रमणकालको अन्त्य गराउने नेपालको संविधान २०७२ को कार्यान्वयनका क्रममा प्रदेशसभाको निर्वाचनपछि मुलुकका सात प्रदेशमध्ये प्रदेश नं ३ को प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठक यही माघ १८ गते सो प्रदेशको अस्थायी मुकाम हेटौँडामा सम्पन्न भएसँगै प्रादेशिक संसदीय अभ्यासको व्यावहारिक परम्परा थालनी भएको हो ।

“माननीय सदस्यहरु नेपालमा सङ्घीय व्यवस्था कायम भएपछिको प्रदेश नं ३ को प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठकको कारबाही प्रारम्भ हुन्छ ।” ज्येष्ठ सदस्य डोरमणि पौडेलले सभामुखको आशनबाट ऐतिहासिक पहिलो बैठक आरम्भ गराएसँगै संघीय नेपालको इतिहासमै नयाँ अभ्याससहितको प्रादेशिक संसद्को दृश्य देखिएको थियो । लामो समय शिक्षक र पछि हेटौँडाको नगरपालिकाको प्रमुख भएका नवनिर्वाचित प्रदेश सांसद पौडेलले आफूले यस्तो भूमिका निर्वाह गर्नुपर्ला भन्ने कल्पनासम्म गर्नुभएको थिएन । तर जिम्मेवारी आएपछि सहजै बैठकको अध्यक्षता गर्न उहाँ राजी हुनुभयो ।

“तपाईहरु तयार हुनुहुन्छ नि ? हामी ठीक १ बजे नै बैठक शुरु गराउँदैछौँ ।” बैठकको सहजीकरणका लागि सङ्घीय संसद् सचिवालयबाट काजमा खटिएका टोलीका सदस्य दशरथ राईले बैठकस्थल रहेको क्षेत्रीय शिक्षा निर्देशनालयको परिसरमा प्रत्यक्ष प्रसारणको तयारीमा रहेका सञ्चारकर्मी र प्रविधिज्ञलाई १२ः३० तिर भन्दै हुनुहुन्थ्यो । ज्येष्ठ सदस्यलगायत अधिकांश सदस्य तोकिएको समयभन्दा अगाडि नै सो भवनमा प्रवेश गरिसकेकाले बैठक समयमै हुने सहज अनुमान गरिएकै थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ