अनेसासले नेपालमा डायस्पोरा डेस्क स्थापना गर्ने

२ श्रावण २०६९, मंगलवार १३:३४ मा प्रकाशित

फ्लोरिडा (संयुक्त राज्य अमेरिका), २ साउन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय अध्यक्षमा गीता खत्री निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा राधेश्याम लेकाली (नेपाल), उपाध्यक्षमा डा विद्याराज सुवेदी (अमेरिका), जगत राई (बेलायत) र भीमसेन सापकोटा (अस्टे«लिया) हुनुहुन्छ, महासचिवमा पदम विश्वकर्मा(अमेरिका),सचिवमा वेदराज बस्नेत (अमेरिका) र कोषाध्यक्षमा नारायण अधिकारी (अमेरिका) हुनुहुन्छ ।

निर्वाचनमा करिब ५०० नेपालीको सहभागिता थियो । नयाँ पदाधिकारीको कार्यकाल दुई वर्षको हुनेछ ।

यहाँ आयोजित पद हस्तान्तरण तथा शपथग्रहण समारोहमा अनेसासका नवनिर्वाचित अध्यक्ष खत्रीले आफू नेपालको भाषा संस्कृति, रीतिरिवाज संरक्षण गर्ने तथा नयाँ पुस्तालाई जानकारी गराउने कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महासचिव विश्वकर्माले आगामी दुई वर्षको अवधिमा विभिन्न नेपाली साहित्यकारको जन्मजयन्ती मनाउने, पुस्तकालय सञ्चालन गर्ने, नेपालमा डायस्पोरा डेस्क स्थापना गर्ने, नेपाली भाषासम्बन्धी पाठशाला सञ्चालन गर्ने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र