प्रदेश-२ को मुख्यमन्त्रीमा फोरम नेता लालबाबु राउतको सम्भावना

२२ माघ २०७४, सोमबार ११:३३ मा प्रकाशित

काठमाडौं, २२ माघ । मुलुकका ६ वटा प्रदेशमा बाम गठबन्धनले सरकार बनाउने भए पनि प्रदेश नं. २ मा भने संघीय समाजबादी फोरम नेता लालबाबु राउत मुख्यमन्त्री बन्नु हुने भएको छ । फोरमले प्रदेश नं २ मा संसदीय दलको नेतामा मोहम्मद लालबाबु राउतलाई चयन गरेको छ ।

राउत पर्साका स्थानीय बासिन्दा तथा संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँ पर्साबाट प्रदेशसभामा निर्वाचित सांसद हुनुहुन्छ । फोरमले मुख्यमन्त्री पाए राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति हुनुहुनेछ । जनकपुरमा शनिबारदेखि बसेको फोरमको संसदीय दलको नेता छनोटको बैठकले आइतबार अबेर राति राउतलाई दलको नेतामा चयन गरेको हो ।

यसअघि दलको नेताका लागि राउतसहित सात जनाले उम्मेदवारी दिएका थिए । नेतृत्वले सहमतिको प्रयास गर्दै जाँदा अन्यले नाम फिर्ता लिँदै राउतलाई सर्वसम्मतिबाट संसदीय दलका नेताका रुपमा चयन गरिएको हो । प्रदेश नं २ मा फोरमको सबैभन्दा बढी २९ सिट रहेको छ । राजपा नेपालको २५ सिट रहेको छ । यो प्रदेशमा कांग्रेस तेस्रो पार्टी हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

लण्डन । गैरआवसीय नेपाली युकेले नेपालमा बढ्दै गइरहेको कोरोनाको नियन्त्रण र रोकथामका लागि बेलायतबाट सक्दो सहयोग गर्न यहाँका नेपालीहरूलाई एकजुट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको