चितवनका स्वास्थ्य संस्था तीन दिन पछि सुचारु

२ श्रावण २०६९, मंगलवार १३:३३ मा प्रकाशित

चितवन, २ साउन । तीन दिनदेखि बन्द रहेका चितवनका अस्पताल आजदेखि पूर्ववत् अवस्थामा सञ्चालनमा आएका छन् । स्थानीय प्रशासन र आन्दोलनरत चिकित्सकको संस्था र चिकित्सक सङ्घका पदाधिकारीबीच आज बिहान तीनबुँदे सहमति भएपछि अस्पताल खुलेको हो । सहमतिअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ कार्यान्वयन गर्न स्थानीय प्रशासन सहमत भएको छ । ऐनमा उपचारका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात, कुटपिट र अपमानजनक व्यवहार भए कडा कारबाहीको व्यवस्था छ ।

त्यस्तै चिकित्सकले उपचारका क्रममा बदनियतपूर्ण ढङ्गले काम गरे कारबाहीको व्यवस्था गरिएको छ । त्यसैगरी चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीमाथि कारबाही गर्ने र गत शुक्रबार आशा अस्पताल भरतपुरमा भएको तोडफोडको क्षति एवम् अस्पताल र बिरामीका आफन्तका बीचमा भएको सम्झौता खारेज गर्ने सहमति भएको बैठकमा सहभागी चिकित्सक सङ्घ चितवनका सचिव डा कृष्ण पौडेलले बताउनुभयो ।

सहमतिपत्रमा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी र चिकित्सक सङ्घका अध्यक्ष डा भोला रौनियारले हस्ताक्षर गर्नुभएको छ । सहमतिस“गै जिल्लाका सबै अस्पताल सुचारुरुपमा सञ्चालन भएको पनि डा पौडेलले बताउनुभयो ।

सहमतिअनुसारको दस दिनभित्र कार्यान्वयन नभए पुनः कडा आन्दोलनमा उत्रने चिकित्सक सङ्घले जनाएको छ । पछिल्लो समयमा जिल्लामा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण एवम् अस्पतालमाथि तोडफोड भएपछि चिकित्सक एवम् स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन् । अस्पताल बन्द हुँदा चितवन र बाहिरबाट आउने बिरामी मर्कामा परेका थिए । उपचार नपाएपछि बिरामीका आफन्तले सोमबार तत्काल अस्पताल खोल्न प्रमुख जिल्ला अधिकारीलाई दबाब दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ