भूकम्पपीडितलार्इ थप १ लाख दिने सरकारी निर्णय विवादमा

२० माघ २०७४, शनिबार १९:४१ मा प्रकाशित

काठमाडाैं, २० माघ । भूकम्पपीडितलार्इ थप १ लाख दिने सरकारी निर्णय विवादमा परेकाे छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भुकम्पपीडितलाई थप एक लाख दिने सरकारको निर्णय नयाँ बजेट नआएसम्म कार्यान्वयन नहुने बताउनुभएकाे छ । शनिबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा प्राधिकरणका सिइओ भुसालले नयाँ सरकार र अर्को आर्थिक वर्षको बजेट नआएसम्म एक लाख थप्न नसकिने प्रष्ट पार्नुभएको हो।

उहाँले भन्नुभयो, ‘एक लाख रकम थप्ने निर्णय भएको छ। यसबारे हामीकहाँ हिजोको मितिसम्म कुनै जानकारी आएको छैन्, यदि निर्णय गरेर हामीकहाँ आयो भने पनि यो रकम दिन यो आर्थिक वर्षभित्रै दिन सक्ने सम्भावना छैन, अर्को नयाँ सरकार नआएसम्म सम्भव छैन।’

यसअघि भूकम्प पीडितलाई तीन लाख दिने निर्णय गरेकोमा सरकारले केही दिनअघि थप एक लाख दिने निर्णय गरेको थियो।

भुसालले आफू अर्थ मन्त्रालयमा बसेर काम गरिसकेको व्यक्ति भएकोले यो वर्ष थप रकम दिन नसकिने जिकिर गर्नुभयो। उहाँले भन्नुभयो, ‘यो थप दिने भनिएको एक लाख रकम यो वर्ष दिनै सकिँदैन, नयाँ बजेट आएपछिमात्रै सम्भव छ, अहिले छैन, किनकी यो नन–बजेटरी रकम हो।’ उहाँका अनुसार माघ मसान्तभित्रै १ लाख घर निर्माण भैसक्ने र ३ लाख निर्माण जारी राख्ने योजना छ ।

प्राविधिकहरुले सिफारिस नगरेसम्म दोस्रो र तेस्रो किस्ता दिन नमिल्ने भएकोले उक्त समस्या हल गर्न आफूहरुले गम्भीर पहल लिएको उहाँको भनाइ छ । त्यस्तै उहाँले विगतमा डकर्मीको काम गरेकाहरुलाई पनि आफूहरुले तालिम दिने व्यवस्था गरेको सुनाउनुभयो। उहाँले भन्नुभयो, ‘करिब २१ ह्जार प्लसलाई तालिम दिन्छौं, कतिपय स्थानमा सुरु भैसक्यो।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

दमौली । कोभिड सङ्क्रमण पुष्टि भएपछि व्यास नगरपालिका–१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ । व्यास