राष्ट्रियसभा चुनावलगत्तै देउवाको राजीनामा

२० माघ २०७४, शनिबार १२:४४ मा प्रकाशित

काठमाडौं, २० माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक साताभित्रै पदबाट राजीनामा दिनुहुने भएको छ । समयमै सत्ता हस्तान्तरण नगरेको आरोप खेपिरहनुभएका देउवाले राष्ट्रियसभा निर्वाचनलगत्तै राजीनामा गर्ने हुनुभएको हो।

बालुवाटार स्रोतका अनुसार देउवाले आफ्नो राजीनामा १ साताभित्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नु हुनेछ भने उहाँको राजीनामा स्वीकृत भएपछि अर्को सरकार गठन नहुञ्जेलसम्मलाई देउवा सरकारले नै दैनिक प्रशासन चलाउनेछ । त्यसपछि मात्र देउवा सरकार कामचलाउ हुनेछ र महत्वपूर्ण निर्णय भने गर्ने छैन ।

यद्यपि माधवकुमार नेपाल नेतृत्वको सरकारले राजीनामापछि पनि ७ महिनासम्म सरकार चलाएको नजिर छ । यसपटक भने बाम गठबन्धनले बहुमत ल्याएका कारण देउवामाथि चाँडो सरकार छाड्न नैतिक दवाव थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको सरकारको प्रमुख जिम्मेवारी भनेको निर्वाचन गराउनु रहेको र अधिकांश सबै निर्वाचन गराइसकेकोले अब राष्ट्रिय सभाको निर्वाचन गराएपछि आफूले सरकार छाड्ने बताउनुभएको थियो। सत्ता हस्तगत गर्न विपक्षलाई एकदमै हतार भएको तर राष्ट्रिय सभाको निर्वाचन नसकिएकाले आफूले सत्ता छाड्न नसकेको उहाँले दोहोर्याउँदै आउनुभएको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवामाथि महत्वपूर्ण निर्णय नगर्न आफ्नै पाटीभित्रबाट पनि तिब्र दवाव छ । देउवाले, ‘सरकार छाडेन भनेर आरोप लगाउनुभन्दा राम्रोसँग संविधानको अध्ययन गर्न दलहरूसँग आग्रह गर्दै उहाँले राष्ट्रिय सभाको निर्वाचन नगराई अर्को सरकारको गठन गर्नु असंवैधानिक हुने बताइरहनुभएको छ ।

मुलुकमा आर्थिक समृद्धि, सुशासन, राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउन दलहरुबीच सहमति र सकारर्य जरुरी भए पनि नयाँ सरकार गठन हुन नसक्दा यस दिशामा मुलुक अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा