किरणसमूहले पार्टी फुटाएर भयानक भुल गरेः प्रचण्ड

२ श्रावण २०६९, मंगलवार ११:३२ मा प्रकाशित


काठमाडौ, २ साउन । एककिृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनताको चाहना विपरित पार्टी फुटाउने मोहन बैद्य किरण समूहले भयानक भुल गरेको आरोप लगाएका छन् ।
राजधानीमा आजबाट सुरु भएको पार्टीको सातौ विस्तारित बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले बैचारिक रुपमा बैद्य समूहले माक्र्सबाद बुझ्न नसकेर जनताको आकांक्षा, सहित, बेपत्ताको सपना र चाहनाको विरुद्ध गएको आरोप लगाए ।
उनले भने– किरणजीहरुले क्रान्तिलाई परिवर्तनमा बुझ्न सक्नु भएन । किताबका राम्रा कुरामात्रै हेर्नु भयो । म उहाँहरुलाई यसमा विचार गरेर पार्टी एकताकालागी विचार गर्न आब्हान  गर्दछु ।
प्रचण्डले डहा, द्धैष, ईस्याबाट पार्टी कमजोर बनाउने प्रयास गरे विघठन किरण समूहकै हुने चेतावनी समेत दिए ।
उनले मौलिकतामा मात्र क्रान्ति सम्भव हुने भन्दै क्रान्तिको यान्त्रीक नक्कल, पुर्न क्रान्ति बाट क्रान्ति सम्भव  नभएको समेत स्पष्ट पारे ।

बैद्य समूह पार्टीको जनवादी केन्द्रीयता बाट टाढा जान थालेपछि पार्टीलाई एकीकृत बनाउन विचार समूह र गुटबन्दीलाई स्विकारेको उल्लेख गर्दै जनवादी केन्द्रीयता नअपनाए अवसरबाद, प्रतिक्रान्तिलाई बल पुग्ने स्पष्ट भएकोले अब पार्टी भित्र  गुटबन्दी नहुने पार्टी निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
पार्टीलाई अब नयाँ कायनीतिको आधारमा एकताबद्ध गर्ने संकल्प गर्दै प्रचण्डले संविधानसभा, जनआन्दोलनको भूमिका, १२ बुँदे सम्भौताको चाहना पुरा नभएकोले सहमतिको बाटोबाटै अगाडि बढ्नु पर्ने आवश्यकता पनि औल्याए ।
परिवर्तनको विरोध गर्ने प्रतिगामीहरु, यथास्थितिबादीहरुले १२ बुँदे सकियो, अब मुलुकलाई त्यसअघिको अवस्थामा लैजानु पर्छ भनि प्रयत्न गरिरहेको दावी गर्दै उनले समान्ती र परिवर्तनका विरोधीको प्रयासलाई  चकनाचुर पारे नेपाली जनताको चाहना र उदेश्य पुरा गर्न सहमतिकालागी दलहरुलाई आब्हान गरे ।
संविधानसभाबाट संविधान बन्न नसक्नु पहिचान सहितको संघीयतामा सहमति हुन नसक्नु भएको उल्लेख गर्दै संसदबादी दलमा पुर्नसंरचना विरोधीहरु हावी भएको टिप्पणी गर ।
उनले पुर्नसंरचनामा स्वर्गिय गिरिजाप्रसाद कोइरालसँग सबैभन्दा बढी छलफल भएको स्मरण गर्दै कोइराला जिवित भएको भए अहिले जस्तो प्रतिगामिहरु सफल हुने अवस्था कहिल्यै पनि नआउने विश्वास ब्यक्त गरे ।
प्रचण्डले एमाले र काग्रेसका परिवर्तनकारी शक्तिसँग पुर्नसरचनाको पक्षमा आउन अपिल  गर्दै संविधानसभाबाटै संविधान, पहिचानसहितको संघीयता कायम गरि छाड्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको