स्वराजको भ्रमण सफल, केपी ओली यू टर्न ?

१९ माघ २०७४, शुक्रबार १४:१४ मा प्रकाशित

काठमाडौं, १९ माघ । दुई दिने नेपाल भ्रमणमा आउनुभएकी भारतीय बाह्य मामिला मन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ । स्वराजले भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा तथा प्रधानमन्त्री देउवासँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको हो । नयाँ दिल्ली फर्कनुअघि उहाँले औपचारिक पूरा गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट गर्नुभएको बताइएको छ ।
स्वराजलाई नेपालको परराष्ट्र मन्त्रालयले बोलाएको थिएन भने उहाँको कार्यक्रमप्रति मन्त्रालय पूरै बेखबर रहेको पाइएको छ । २ वर्षअघिको नाकाबन्दीका बेला भारतको बिरोध गरेर नेपाली राजनीतिमा स्थापित हुनुभएका प्राइम मिनिष्टर इन वेटिंग केपी शर्मा ओलीसँगको सम्बन्ध सुधारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर आउनुभएकी स्वराजलाई ओलीले के आश्वासन दिनुभयो भन्ने खुलेको छैन ।
तर, प्रधानमन्त्री बन्नुअगावै कालोधनलाई सेतो बनाउने तथा पेट्रोलियम पाइपलाइन सम्झौता खारेज गर्नेजस्ता विवादास्पद अभिव्यक्तिका कारण चर्चित ओली चीनसँग नजिकिएको महशुस भएपछि दिल्लीले प्रतिनिधि पठाएको हो ।

शितल निवासमा भएको भेटमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिलाविज्ञ डा मदनकुमार भट्टराई, राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीका साथै मन्त्री स्वराजको भ्रमण दलका सदस्यहरुको उपस्थिति थियो ।
यस्तै, प्रधानमन्त्री देउवालाई भेट्न मन्त्री स्वराज आफ्नो भ्रमण टोलीसहित प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो। उहाँको साथमा भारतीय विदेश सचिव, भारतीय राजदूत, विदेश मन्त्रालयका प्रवक्ता तथा नेपाल डेस्कका प्रमुख पनि भेटवार्तामा सामेल हुनुहुन्थ्यो ।
मन्त्री स्वराजले आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग होटल सोल्टीमा छुट्टा–छुट्टै भेटवार्ता गर्नुभएको थियो । यस्तै उहाँले हिजो साँझ एमाले अध्यक्ष केपी ओलीसहितको एमाले टोलीसँग सोल्टीमै भेट गर्नुभएको थियो । त्यहाँ उहाँले राजपाको टोलीलाई पनि भेटेको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले