माओबादी अध्यक्ष दाहाल र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

१९ माघ २०७४, शुक्रबार ११:०८ मा प्रकाशित

काठमाडौं, १९ माघ । नेपालको दुईदिने भ्रमणमा रहनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्नुभएको छ । अनौपचारिक भ्रमणमा आउनुभएकी स्वराजले आफू बसेको होटल सोल्टीबाटै भेटवार्तालाई आज पनि निरन्तरता दिइरहनु भएको छ ।

बिहीबार काठमाडौं उत्रिएलगत्तै स्वराजले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो भने एमाले नेताहरुसँग सामूहिक छलफल पनि गर्नुभएको थियो । दाहालसँगको भेटमा पछिल्लो राजनीतिक परिस्थिति र आपसी हितकाबारेमा छलफल भएको बताइएको छ ।
स्वराजले मधेशी दलका नेताहरुलाई सामूहिक भेट्नुभएको छ । भेटमा मधेशी नेताहरुले संविधान संशोधनमा भारतको सहयोग मागे पनि स्वराम मौन बस्नुभएको बताइन्छ ।

स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारीसँग शितल निवासमा र प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट्ने कार्यक्रम छ ।
विदेशमन्त्री स्वराज सवा २ बजे एयरपोर्टतर्फ प्रस्थान गरी ३ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि वीर अस्पताल

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिको अवस्थामा छिमेकी मुलुकले पनि चासो देखाउन थालेका छन् । नेपालमा भएको राजनीतिक