शान्ति र संविधानको बाटो छाडे पार्टीकोलागी आत्मघाती हुने प्रधानमन्त्रीको चेतावनी

२ श्रावण २०६९, मंगलवार ११:२७ मा प्रकाशित


काठमाडौ, २ साउन । प्रधानमन्त्री एवम एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले शान्ति र संविधान निर्माण गरेर अघि बढ्ने बाटो छाड्नु आत्मघाती हुने चेतावनी दिएका छन् ।
राजधानीमा आजबाट सुरु भएको सातौ विस्तारित बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले शान्ति र संविधान छाडेर अर्को तिर लाग्ला कि भन्ने चिन्ता नेपाली जनतामा रहेको उल्लेख गर्दै शान्ति र संविधानको बाटो बाट दायाँ बायाँ नहुने स्पष्ट पारे ।
पार्टी एकता विचारको  आधारमा हुने स्पष्ट पार्दै त्यो बाहेकको एकता नक्कली हुने धारणा प्रधानमन्त्रीले राखे । उनले भने–क्रान्ति कसरी सम्पन्न गर्ने विषयमा मात्रै एक हुन सक्छ । बैचारिक र राजनीतिक विषय  एकताको आधार हुनु पर्छ । जसले जति उत्तेजनामा ल्याउन चाहे पनि शान्ति र संविधानको बाटो हामि छाड्दैनौ । त्यसो गरे आत्मघाती हुन्छ ।
शान्ति र संविधानको बाटो बाटै क्रान्ति सम्पन्न गर्नु पर्ने सुनाउँदै अब पार्टी नफुट्ने बरु अझै एकताबद्ध हुने विश्वास उनले ब्यक्त गरे ।
पार्टी भित्र रहँदै आएका बैचारिक समूह स्थयित्व नहुने भन्दै उनले  निश्चित काल खण्डसम्ममा मात्रै  विचार समूह रहने भएकोले बैचारिक संघर्षलाई अन्यथा लिन नहुने तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर