ओली र स्वराजबीच ‘वान टू वान’ वार्ता

१८ माघ २०७४, बिहीबार २१:५१ मा प्रकाशित

काठमाडौं, १८ माघ । नेपाल भ्रमणमा रहनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र बाम गठबन्धनको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ५ तारे होटल सोल्टीमा एक घण्टा ‘वान टू वान’ वार्ता भएको छ । स्वराजले काठमाडौं ओर्लेपछि भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीबाटै राजनीतिक भेटघाट सुरु गर्नुभएको हो ।
स्वराज काठमाडौं ओर्लेपछि सीधै होटल सोल्टी पुगेलगत्तै ओलीलाई भेट गर्नुभएको हो । ओली भने वाम गठबन्धनको बैठकपछि त्यहाँ पुग्नुभएको थियो । ओलीसँगको वान टु वान वार्तामा विदेशमन्त्री स्वराजले नेपालको भावी प्रधानमन्त्रीकारुपमा भारतीय प्रम मोदीको बधाई सन्देश सुनाउने कार्यक्रम थियो । सुस्माले भावी प्रधानमन्त्रीकारुपमा बधाई तथा शुभकामना दिएर विगतमा बिग्रेको सम्बन्धलाई ‘कोर्ष करेक्सन’ का लागि पहल गरेको बताइएको छ ।
विदेशमन्त्री स्वराजका लागि एमालेले होटल सोल्टीमै रात्रिभोजको आयोजना गरेको छ । एमाले टोली र भारतीय पक्षबीचको भेटवार्तापछि एमाले सचिव प्रदीप ज्ञवालीले आफूहरुवीच निकै उत्साहजनक रुपमा कुराकानी भएको बताउनुभयो । उहाँका अनुसार नेपालको निर्वाचनमा वाम गठबन्धनले हाँसिल गरेको सफलताप्रति आफूहरु निकै खुशी रहेको प्रतिक्रिया स्वराजले दिनुभएको छ । बाम गठबन्धनको सफलतामा आफू बधाई दिन नेपाल आएको स्वराजले बताउनुभएको ज्ञवालीको भनाइ छ ।
यता एमाले नेताहरुले पनि आफूहरु भारत विरोधी नभएको स्पष्ट पारेका थिए ।

स्वराजले ओलीलाई भावी प्रधानमन्त्रीकारुपमा बधाई तथा शुभकामना दिँदै विगतमा बिग्रेको सम्बन्धलाई सुधारका लागि पहल गर्ने बताउनुभएको छ । छलफलमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेललगायत सहभागि हुनुहुन्थ्यो । यस्तै, भारतीय पक्षबाट विदेशमन्त्री स्वराज, विदेश सचिव गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमार सहितका सहभागी हुनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस