भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा

१८ माघ २०७४, बिहीबार १६:५० मा प्रकाशित

काठमाडौं १८ माघ– भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुग्नुभएकाे छ। दुईदिने भ्रमणका लागि उहाँ भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएकाे हाे ।स्वराजका साथमा भारतका नवनियुक्त विदेशसचिव विजय केशव गोखले, मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत उच्चस्तरीय टोली नेपाल आएको छ। विमानस्थलबाट विदेशमन्त्री स्वराज सिधै होटल सोल्टी प्रस्थान गर्नुभएकाे छ। त्यहाँ उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटघाटको सुरुवात गर्ने कार्यत्रम छ । नेपालमा रहँदा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र मधेसकेन्द्रित दलका नेतासँग भेटवार्ता गर्नुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै