भारतीय विदेशमन्त्री सुष्मा स्वराजको गुडविल भिजिट अाज

१८ माघ २०७४, बिहीबार ०८:३४ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतका अनुसार भर्खरैको चुनावपछि नेपालमा विकसित नयाँ परिस्थितिमा भारत ‘कम्फर्टेबल’ हुन खोजिरहेको छ। ‘भित्री एजेन्डा केही भए सुष्माजी यहाँ आइपुगेपछि नै थाहा होला, नत्र यस्तो गुडविल भिजिट अक्सर सम्बन्ध सुधारकै लागि हुने गर्छ’, देउवानिकट स्रोतले भन्यो, ‘विश्वास पुनर्जागृत गर्ने अवसर हो यो।’ पछिल्ला अढाई वर्ष, खासगरी ०७२ जेठमा ठूला चार दलको १६ बुँदे समझदारीसँगै अघि बढेको संविधान निर्माण प्रक्रियासँग भारतीय असन्तुष्टि सोही वर्ष असोज–माघको साढे चार महिने नाकाबन्दीसँगै उत्कर्षमा पुगेको थियो। त्यस क्रममा नेपालमा भारतविरोधी भावना मात्रै उछालिएन, उत्तरी छिमेकी चीनसँग निकटता पनि बढ्न गयो। विज्ञहरूका अनुसार यही जनमतलाई भर्खरै चुनावी मतपेटिकामा रूपान्तर गर्न सफल वाम गठबन्धनलाई विश्वासमा लिने प्रयत्न नै स्वराज भ्रमणको प्राथमिकतामा हुनेछ।प्रधानमन्त्री देउवाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले स्वराजमार्फत आउने मोदीको सन्देशबाट ‘बाँकी कुरा’ प्रस्टिने बताए। उनले स्वराजको भ्रमण पहिलेदेखि योजना बनाएर तय नभएको खुलाए। ‘चुनाव सफलता र संविधान कार्यान्वयनपछिको नयाँ परिस्थितिमा सुष्माजीको भ्रमण हुन गइरहेको छ,’ भट्टराईले भन्नुभयाे, ‘विगतको विश्वास फेरि ब्युँताऊँ, र नयाँ ‘फ्रेस स्टार्ट’ गरौं भन्ने सन्देश पनि पक्कै होला। योजनाबद्ध भ्रमण नभएकाले उहाँ आएपछि नै खास कुुरा बुझिनेछ।’

पाँच दिनअघि ६९ औं भारतीय गणतन्त्र दिवसको अवसरमा एमाले अध्यक्ष ओलीले मोदीलाई चिठी पठाउँदै ‘सँगै मिलेर काम गर्न इच्छुक रहेको’ सन्देश दिनुभएकाे थियाे।  स्वराजले अाज एमाले अध्यक्ष ओलीलाई भेट्ने र नेताहरूसँग सामूहिक डिनर गर्ने कार्यक्रम तय भएको बुझिए पनि एमालेले त्यसलाई पुष्टि गरेकाे छैन । भारतका लागि पूर्वराजदूत लोकराज बरालले विदेशमन्त्री स्वराजको आसन्न भ्रमणलाई ‘गुडविल भिजिट’ कै रूपमा आफूले बुझेको बताउनुभयाे। ‘नरेन्द्र मोदीकै भ्रमण हुने गाइँगुईँ पनि सुनिन्छ, भित्री उद्देश्य अरू भए बेग्लै कुरा,’ बरालले भन्नुभयाे, ‘नत्र यस्तो गुडविल भिजिट चलिरहन्छ। कुनै समय या योजना हुन्न। लन्च खाएर फर्कन पनि सकिन्छ।’ जे भए पनि अब विकसित नयाँ परिस्थितिमा भारतले पुरानो सोच कायम राखेर अघि बढ्न नहुने, नयाँ आधारमा अगाडि जानुपर्ने उनले टिप्पणी गर्नुभएकाे छ ।

Suggested News

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा