गोपाल पराजुली हत्यारा र अपराधी हुन– गोविन्द केसी

१७ माघ २०७४, बुधबार १९:५६ मा प्रकाशित

काठमाडौं १७ माघ। त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली अपराधी र ‘हत्यारा’ भएको टिप्पणी गर्नुभएकाे छ । सत्याग्रही डा. केसीले पछिल्लो समय प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै अाउनु भएकाे छ। उहाँविरुद्ध परेको मानहानीको मुद्दा सर्वोच्चमा विचाराधीन छ । त्यही मुद्दामा आफ्नो पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै डा. केसीले प्रधानन्यायाधीश पराजुली हत्यारा भएको आरोप लगाउनुभएकाे हाे । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्राङ्गणबाट डा. केसीले भन्नुभयाे- ‘विद्वान अधिवक्ता सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिइएको छ । पराजुलीविरुद्ध चर्को आक्रोश पोखेका डा. केसीले अदालतको भने सम्मान गर्ने बताउनुभएकाे छ । सही रुपमा न्यायसम्पादन गर्नेहरुको सम्मान गर्ने भन्दै डा. केसीले भन्नुभयाे, ‘तर, न्याय विक्री गर्ने र हत्यारा, माफिया र डन प्रधानन्यायाधीश जबसम्म पदमा रहिराख्छन्, त्यसबेला अदालतले कुनै फैसला गर्छ भने मलाई मान्य हुँदैन ।  पक्षमा एकपछि अर्को फैसला गरेको भन्दै उहाँले प्रधानन्यायाधीश पराजुली ‘माफिया किङ’ भएको बताउनुभयाे । पछिल्लो पटक आईओएमका डीनमा शशी शर्मालाई चार दिनका लागि पुनर्वहाली गर्नु त्यसको प्रमाण भएको उहाँले दाबी गर्नभएकाे छ । त्रिवि उपकुलपति तीर्थराज खनियाँ पनि भ्रष्ट र माफिया भएको भन्दै उहाँले  भन्नुभयाे ‘उनीहरुले मिलेर आधिकारिक डिनलाई काम गर्न नदिएर अलपत्र पारेका छन् ।’ यसमा पूर्वमहान्यायाधिवक्ता एवं अधिवक्ता रमन श्रेष्ठ पनि मिलेको डा. केसीको आरोप छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार

काठमाडौँ । नेकपा एमालेको वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरूले संसद् बैठकमा अनुपस्थित रहने र तत्काल राजीनामा पनि नदिने भएका

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताको लागि अपिल गर्दै ६ बूँदे प्रस्ताव