आज मुक्त कमैया दिवस, प्रतिबद्वता कार्यान्वयन नभएको गुनासो

२ श्रावण २०६९, मंगलवार १०:२८ मा प्रकाशित

काठमाडौ, २ साउन । सरकारले कमैया मुक्ति घोषणा गरेको आज १२ वर्ष पूरा भएको छ । पश्चिम नेपालका थारु समुदायमा पुस्तौंदेखि दासत्वको प्रतीकका रुपमा रहेको कमैया प्रथालाई सरकारले २०५७ साल साउन २ गते खारेज गरी मुक्त घोषणा गरेको थियो । मध्ये तथा सुदूरपश्चिमका जिल्लाहरु बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका मुक्त कमैयाहरुले भने आफूहरुको पुनस्थापनाको लागि सरकारले प्रतिवद्वता जनाए पनि कार्यान्वयन नहुँदा समस्यामा परेको गुनासो गरेका छन् । सरकारको तत्कालिन निर्णयअनुसार जिल्ला भूमिसुधार कार्यालयले पाँचै जिल्लाका मुक्त कमैयालाई चार श्रेणी–‘जग्गा नभएका, ऐलानी जग्गामा बसेका, दुई कठ्ठाभन्दा कम जग्गा भएका र दुई कठ्ठाभन्दा बढी जग्गा भएका’ भनेर विभाजन  गरी पुनस्थापना कार्यक्रम सुरु गरेको थियो । सरकारले ‘मुक्त कमैया पुनः पुनःस्थापना समस्या समाधान आयोग गठन आदेश २०६७ र ‘भूमिहिन मुक्त कमैयाहरुलाई जग्गा खरिद गरी अनुदान रकम दिनेसम्बन्धी कार्यविधि २०६८’ जारी गरी कमैया पुनःस्थापनामा कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी कार्यान्वयनको अभावमा मुक्त कमैयाको समस्या समाधान हुन नसकेको मुक्त कमैया अगुवाहरुको भनाइछ । मुक्त कमैयाको सम्मानजनक गासबास, कपासको व्यवस्था हुनुपर्ने, प्रत्येक मुक्त कमैया परिवारको पुनःस्थापनाका लागि तीनलाखको रुपैँया व्यवस्था गर्नुपर्ने, ऐलानी, जंगलाद, गुठी, कम्पनी, नगर विकास, बाँझो जग्गामा बसोबास गर्दै आएकालाई पुनःस्थापना गर्नुपर्नेलगायत माग राख्दै मुक्त कमैयाहरुले मुक्त कमैया दिवसलाई आन्दोलनका रुपमा मनाउँदेछन् । सरकारले २०५७ र २०५९ सालमा मुक्त कमैयाको लगत सङ्कलन गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा पुनःस्थापना गर्नुपर्ने परिवारको सङ्ख्या २७ हजार ५७० रहेको निक्र्यौल गरेको थियो । हालसम्म २३ हजार ६ सय ८० परिवार पुनःस्थापित गरिएको, ५ सय ३२ परिवारलाई अनुदान उपलब्ध गराई पुनःस्थापित गरिएको र तीनहजार ८ सय ९० परिवार पुनःस्थापना गर्न बाँकी रहेको सरकारी तथ्याङ्क छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ