१५२ वर्षपछि लाग्याे खग्रास चन्द्रग्रहण

१७ माघ २०७४, बुधबार १९:१८ मा प्रकाशित

काठमाडौं १७ माघ । चन्द्रग्रहण हुनु सामान्य खगोलिय घटना हो । तर, आज बुधबार खग्रास चन्द्रग्रहण, सुपरमुन र ब्लु-मुन तीनवटै खगोलिय घटना एकैदिन परेकाले विश्वव्यापी चर्चा छ । यो १ सय ५२ वर्षपछिको दुर्लभ खगोलिय घटना हो ।धार्मिक मान्यताअनुसार चन्द्रग्रहण लागेको समयलाई राम्रो मानिँदैन । त्यसैले भन्ने गरिन्छ पूजापाठ गर्नु हुँदैन, खाना खानु हुँदैन, नांगो आँखाले हेर्नु हुँदैन । तर वैज्ञानिकहरु यस मान्यतालाई स्वीकार गर्दैनन् । बरु उनीहरु यस्ता दुर्लभ खगोलिय घटनालाई हेरेर वा प्रयोगात्मक रुपमा अध्ययन गरी फाइदा लिन सुझाव दिन्छन् । आज साँझ ५ बजेर ३३ मिनेटमा सुरु भई राति ८ बजेर ५६ मिनेटमा सकिने खग्रास चन्द्रग्रहण अवलोकन गर्न चाहनेहरुले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्नेछन् । वैज्ञानिक मूल्य र मान्यताअनुसार चन्द्रग्रहण हेर्दा कुनै हानी नोक्सानी गर्दैन । ग्रहण चन्द्रोदय हुनुभन्दा अगावै सुरु हुने हुनाले अवलोकन गर्न इच्छुक व्यक्तिहरुले उत्तरपूर्वी दिशामा कुनै अवरोध नभएको स्थानमा बसेर हेरेको खण्डमा चन्द्रोदयको समय अर्थात् साँझ ५ बजेर ३६ मिनेटदेखि नै ग्रहण देख्न सक्नेछन् ।यसरी सुरु हुने ग्रहणले चन्द्रमालाई ६ बजेर ३६ मिनेटमा पुरै ढाक्नेछ । अवलोकनकर्ताले ६ बजेर ३६ मिनेटदेखि १ घण्टा १६ मिनेटसम्म अर्थात् ७ बजेर ५२ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देख्न सक्नेछन् । यस अवधिलाई खग्रास भनिन्छ । त्यसपछि ग्रहण क्रमशः कम हुँदै राति ८ बजेर ५६ मिनेटमा सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७