१६ औंँ आहारारा गोल्डकप: नेपाल पुलिस क्लब सेमिफाइनलमा

१७ माघ २०७४, बुधबार ००:३३ मा प्रकाशित

पोखरा, १६ माघ । पोखरा रङ्गशालामा जारी १६ औंँ आहारारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा मनाङ मस्र्याङ्गदी क्लबलाई एकका बिरुद्ध तीन गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको ५३ औँ मिनेटमा नेपाल पुलिस क्लबका निरकुमार राईले पहिलो गोल गर्दै खेलको विजयी सुरुवात गरे । त्यसपछिे ५७ मिनेटमा पुलिसकै दिनेश राजवंशीले अर्को गोलको योगदान दिए ।

खेलको ७२ औँ मिनेटमा पुलिसकै सुमन लामाले अर्को गोलको योगदान दिए भने खेलको अन्त्यतिर ८२ औँ मिनेटमा मनाङ मस्र्याङ्गदीका विशाल राईले गोल गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका सुमन लामा घोषित भए । नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले पहिलो मध्यान्हमा कुनै गोल हुन नसके पनि दोस्रो मध्यान्हमा खेलाडीबीचको तालमेल मिलेका कारण विजयी बन्न सकिएको बताए ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले प्रतियोगितामा वर्क परमिटका कारण विदेशी खेलाडी समावेश गर्न नपाएको बताउँदै साना उमेरका खेलाडीका कारण पनि अपेक्षित नतिजा प्राप्त गर्न नसकेको बताउनुभयो ।

बुधबारको पहिलो सेमिफाइन खेल थ्रीस्टार क्लब र बंगलादेशको बलिन्धरा क्लबबीच हुने भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित