भारतीय विदेश मन्त्री सुष्मास्वराज बिहीबार नेपाल आउँदै

१७ माघ २०७४, बुधबार ००:२८ मा प्रकाशित

काठमाडौँ, १५ माघ । भारतीय विदेश मन्त्री सुष्मास्वराज नेपालको दुईदिने भ्रमणका क्रममा बिहीबार काठमाडौँ आउनुहुने भएको छ ।

यहाँ रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख राजनीतिक दलका शीर्षनेतासँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा संविधान कार्यान्वयनका क्रममा तीनवटै तहका निर्वाचन सम्पन्न भएपछि हुन लागेको भारतीय विदेश मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यसैबीच भारतीय विदेश मन्त्रालयले गत सोमबार जारी गरेको विज्ञप्तिमा भारत र नेपालबीचको उच्चस्तरीय राजनीतिक संवादको निरन्तरताको स्वरुपका रुपमा विदेश मन्त्री सुष्मास्वराजले नेपाल भ्रमण हुन लागेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल