कांग्रेस सभापतिहरुको भेला १५ र १६ मा

२ श्रावण २०६९, मंगलवार ०८:१८ मा प्रकाशित


काठमाडौं, २ साउन । यसै महिनाको १० र ११ गतेका लागि तय गरिएको नेपाली कांग्रेसका जिल्ला पार्टी सभापतिहरुको भेला आगामी १५ र १६ गते सिन्धुपाल्चोकमा हुने नेपाली कांग्रेसले जनाएको छ । पार्टी केन्द्रीय समितिसंग साउन १५ र १६ गतेलाई भेला तय गरिएको सिन्धु कांग्रेसका सचिव कृष्णप्रसाद न्यौपानेले बताए । राजनीतिक संकटको निकासका लागि सुझाव लिने उद्देश्यले नेपाली कांग्रेसले सभापतिहरुको राष्ट्रिय भेला बोलाएको हो । वर्तमान संकटको निकासका लागि पार्टी दिशाहीन हुन नहुने भन्दै नेतृत्वलाई स्पष्ट नीति र कार्यक्रम लिएर अघि बढ्नसमेत कांग्रेस जिल्लासभापतिहरुले दबाब दिने लक्ष्य राखेका छन् । यसअघि भेला १० र ११ गते गर्ने भनिएको थियो । तयारीका लागि भन्दै सातादिन सारिएको भेला पुरानो व्यापारिक स्थल बाह्रविसे बजारमा हुनेछ । भेलामा ७५ जिल्लाका पार्टी सभापति र केन्द्रीय समितिका ८० सदस्य सहभागी हुनेछन् । जिल्लामा पहिलो पटक हुन लागेको राष्ट«िय भेलालाई कसरी बनाउने भन्ने विषयमा छलफल गर्न भोली ४ गते बाह्रविसेमा जिल्ला पार्टीले बृहत भेला राखेको छ ।
यसैगरी पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा सचिवहरुको राष्ट्रिय भेला बोलाएको छ । उक्त भेला साउन २० देखि तीन दिनसम्म सञ्चालन हुने बताइएको छ । पार्टीको नीति र कार्यक्रमलाई प्रभावकारी रुपमा लैजान र समसामयिक राजनीतिक निकासबारे छलफल गर्न सभापति भेलाको एक सातामै सचिव भेला हुने भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत