सय दिनमै बनाए धुर्मुस सुन्तलीले सन्तपुर बस्ती

१६ माघ २०७४, मंगलवार ०८:१५ मा प्रकाशित

काठमाडौं १६ माघ। गरिबी, विपन्नता र पुस्तैनी दुःखको आहालमा चुर्लुम्म डुबेका ‘निर्धनहरू’को सेवामा जुटेका हास्य कलाकार दम्पत्ति सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरेले ‘सुन्तली’ले रौतहटको सन्तपुरमा चौथो एकीकृत बस्तीको निर्माण सम्पन्न गरेका छन् ।साउन अन्तिम साता आएको विनासकारी बाढीले पखालेको विपन्न ४७ घर परिवारलाई धुर्मुस सुन्तलीले माघको ठन्डीमा घर हस्तान्तरण गर्न लागेका हुन् ।धुर्मुस सुन्तली फाउन्डेशनले सुरूमा माघ २४ गते हस्तान्तरण गर्ने लक्ष्य राखेको थियो । तर, सोही दिन राष्ट्रियसभाको निर्वाचनको मिति तय भएकाले उनीहरूले तीन दिन वर सारेर २१ को मिति तय गरेका थिए ।तर, भ्यू टावरको काम नसकिएकाले २३ गते हस्तान्तरण गर्ने मिति तय भएको कट्टेलले बताए । मध्यवर्षाको बाढीले तराई–मधेसमा ठूलो जनधनको क्षति पुर्‍याएपछि हास्य कलाकार जोडी उद्धार र राहत वितरणमा खटिए । पूर्वदेखि पश्चिमसम्म पुगेर उद्धार र राहत वितरणमा आफूलाई समाहित गरे । तराई–मधेसको बाढीको पीडाले विक्षिप्त भएको यो जोडीले तीन महिनाकै अवधिमा ४७ वटा घर निर्माण गरी हस्तान्तरणको तयारीमा जुटेका छन् ।“साउन २८ गतेदेखि नै हामी राहत र उद्धारमा खटियौँ,” उनले भने, “राहत वितरण गर्दागर्दै सोच्यौँ, राहत वितरणसँगै बाढीले बगाएर खुला आकाशमुनि रात विताउन विवशहरूका लागि एकीकृत बस्ती बनाउनुपर्छ । त्यही सोचका साथ बस्ती बनाएका हौँ ।”ठाउँको खोजी गर्दै जाँदा रौतहट, चन्द्रपुर– ८ काे सन्तपुर बस्ती छनोट गरिएको उनको भनाइ छ । करिब सय दिनको अन्तरालमै बस्ती निर्माण गरी हस्तान्तरण योग्य बनाएको फाउन्डेशनले जानकारी दिएको छ ।“अहिले भ्यु टावरको काम र रङ रोगनको काम बाँकी रहेको छ,” उनले निर्माण अवस्थाको जानकारी दिँदै भने, “सम्पूर्ण काम पूरा गरी माघ २३ गते हस्तान्तरण गर्छौं ।”सन्तपुरमा ४७ वटा घर निर्माण गरिएको छ भने बस्तीको बीचमा क्लबघरसमेत निर्माण गरिएको छ । त्यस्तै बस्तीमा बसोबास गर्नेहरूले मानि आएको देवता रहेको मन्दिर, भित्रीबाटो र भ्यु टावर रहने धुर्मुस बताउँछन् ।त्यस्तै बस्ती पूर्णतया वातावरण, अपाङ्गता, बालमैत्री रहने छ । बस्तीको बीचमा सन्तपुर बस्ती निर्माणका लागि सहयोग रकम उपलब्ध गराउने दाताहरूको नामावली राखिएको सहयोग–स्तम्भ निर्माण गरिने धुर्मुसले जानकारी दिएका छन् ।सन्तपुर एकीकृत बस्ती धुर्मुस सुन्तली फाउन्डेशनको यो चौथो परियोजना हो । यसअघि ०७२ सालमा काभ्रे, डाँडा गाउँका भूकम्पपीडित २० घर परिवारलाई एकीकृत बस्ती बनाएको थियो । त्यस्तै ०७३ सालमा सिन्धुपाल्चोक गिरानचौरका ६५ घर भूकम्पपीडित परिवारलाई एकीकृत नमुना बस्ती, ०७३ सालमै महोत्तरी, बर्दिबासका ५४ घर मुसहर समुदायका लागि एकीकृत नमुना बस्ती पनि फाउन्डेसनले बनाइसकेको छ । त्यस्तै फाउन्डेसनले ५ अर्ब अनुमानित लागत रहेको ‘विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नमुना नेपाल’ परियोजना पनि ललितपुरको लेलेमा सुरू गरिसकेको छ । नेपाल इन्जिनियर्स एसोसिएशनको प्राविधिक सहयोगमा बस्तीको प्राविधिक सर्भे भइरहेको फाउन्डेशनले जानकारी दिएको छ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर