एमाले र माओवादीबीच मुख्यमन्त्री र सभामुख बाँडफाँड टुंगियो, मन्त्रीको संख्या ७ देखि ११ रहने

१४ माघ २०७४, आईतवार १८:२२ मा प्रकाशित

काठमाडौं १४ माघ। नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलले प्रदेशका मुख्य मन्त्रीको टुंगो लगाएको छ ।कुन प्रदेशमा कुन पार्टीको मुख्यमन्त्री रहने भन्ने विषयमा आइतबार बसेको कार्यदलको बैठकले टुंगो लगाएको नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयाे । उहाँका अनुसार प्रदेशको १, ३, ४ र ५ मा एमालेका मुख्यमन्त्री रहनेछन् भने ६ र ७ मा माओवादीको मुख्यमन्त्री रहनेछन् । त्यसैगरी प्रदेश नम्बर ४ र ५ मा सभामुख माओवादी केन्द्रको रहनेछ भने बाँकी रहेका प्रदेशमा एमालेले सभामुख आफ्नो पार्टीको बनाउनेछ । त्यसैगरी उपसभामुखमा ४ र ५ नम्बर प्रदेशमा एमालेका रहनेछन् भने बाँकी रहेका प्रदेशमा माओवादी केन्द्रका उपसभामुख रहनेछन् । दुई पार्टीबीच प्रदेशमा सरकार बनाउँदा ७० र ३० प्रतिशत कायम गरिने सहमति पनि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पाल्पा । पाल्पामा कोरोना विरुद्धको खोप लगाएका तीनजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना विरुद्धको पहिलो खोप लगाएपछि स्वास्यमा

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको