देउवा सरकारले जनमतको खिल्ली उडायोः प्रचण्ड

१३ माघ २०७४, शनिबार १५:५३ मा प्रकाशित

चितवन १३ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकारले जनमतको खिल्ली उडाएको टिप्पणी गर्नुभएकाे छ । सरकारको निर्णयहरुबारे एमालेले पत्रकार सम्मेलन गरेर व्यक्त गरेको धारणामा माओवादीको सहमति रहेको समेत बताउनुभयाे। भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले देउवा सरकारका पछिल्ला निर्णयमा नयाँ सरकारले पुर्नविचार गर्ने बताउनुभएकाे हाे । सरकारका पछिल्ला निर्णयमा एमाले गरम माओवादी किन नरम भयो भन्ने प्रश्नमा प्रचण्डले भन्नुभयाे, ‘त्यो दिन म नेपालगञ्ज र भैरहवामा थिए, केपी जीले पत्रकार सम्मेलन गर्नुपर्‍यो भन्नुभयो, म आउन ढिला भयो । तर, मैले जे कुरा भन्नु छ तपाईले भन्दा हुन्छ भनेर सहमति दिएकै थिए ।’बाँदरमुढे घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गरेकोमा आपत्ति नभएको तर, कामचलाउ सरकारले अनावश्यक काम नगरेको राम्रो हुने उहाँले बताउनुभएकाे छ । प्रचण्डले नयाँ सरकार गठन अघि नै पार्टी एकता गर्ने गरी छलफल अघि बढेको बताउनुभएकाे छ । ‘सरकार गठन अघि नै पार्टी एकता होस् भन्नेमा छु । त्यो जनभावना अनुसार पनि हुन्छ हामीले गरेको प्रतिवद्धता अनुसारपनि हुन्छ’ उहाँले भन्नुभयाे, ‘हाम्रो गम्भिर छलफल भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने