प्रदेश ४ को प्रदेशसभा पहिलो बैठक माघ २२ गते

११ माघ २०७४, बिहीबार १९:२० मा प्रकाशित

पोखरा ११माघ । प्रदेश ४ को प्रदेशसभा पहिलो बैैठक माघ २२ गते बस्ने भएको छ । २२ गते ११ बजेलाई वैठक आहृवान गर्ने बुधबार दिउँसो निर्णय भएको प्रदेश प्रमुख बाबुराम कुँवरले जानकारी दिनुभयाे । ‘सबै प्रदेश सांसदलाई खबर हुने गरी सूचना प्रकाशित गरी वैठक आहृवान गर्न प्रमुख सचिवलाई निर्देशन भइसकेको छ,’ उहाँले भन्नुभयाे, ‘निर्णय संशोधन नभए त्यही मितिमा बैठक बस्नेछ ।’ प्रमुख सचिवले सूचना प्रकाशित गर्ने र ज्येष्ठ सदस्य अर्थात अस्थायी सभामुख जनकलाल श्रेष्ठमार्फत बैठक आहृवान हुने कुँवरले जानकारी दिनुभयाे । पोखरा नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रलाई प्रदेश सभा बैठकस्थल र प्रदेशसभाको सचिवालय तोकिएको छ । २१ गतेबाट मौन अवधि सुरु भएर २४ गते राष्ट्रिय सभाको निर्वाचन भए पनि २२ गते ११ बजेका लागि वैठक आहृवान गर्ने सर्वदलीय सहमतिजस्तै रहेको कुँवरले बताउनुभयाे ।  निर्वाचन परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको पहिलो वैठक डाक्नुपर्ने व्यवस्था छ । पहिलो अधिवेशनसँगै सभामुख, उपसभामुख निर्वाचनको ढोका खुल्नेछ ।प्रदेश सभाको सभामुख र उपसभामुख प्रदेश सांसदमध्येबाट फरक फरक पार्टीका चयन गर्नुपर्ने व्यवस्था संविधानमा छ । प्रदेशसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्ने व्यवस्था छ ।प्रदेश ४ मा ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक पद्धतिबाट गरी ६० जना प्रदेश सांसद छन् । सांसद छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले समाज र नागरिकसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन दिएका