अब बन्ने नयाँ सरकारलाई भारत जस्तोसुकै सहयोग गर्न तयार छ : राजदुत पुरी

११ माघ २०७४, बिहीबार १९:०९ मा प्रकाशित

काठमाडौं, ११ माघ । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारत सरकार नेपालमा अब बन्ने सरकारलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएकाे छ ।  भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदुत पुरीले नेपाल–भारत सम्बन्ध सुमधुर विशिष्ट द्धिपक्षीय सम्बन्ध र उन्नतीको स्थायी मित्रता भएकाे बताउनुभयाे । द्धिपक्षीय सम्बन्ध अति नै विशिष्ट भएकोले नेपालमा अब बन्ने सरकारलाई भारतको पूर्ण सहयोग र समर्थन रहने उहाँले बताउनुभयाे । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै राजदुत पुरीले भारत नेपालमा अब बन्ने नयाँ सरकारसँग सुमधुर र प्रगाढ सम्बन्ध राखेर जान चाहने बताउनुभयाे । यसको संकेत हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेर देखाईसक्नुभएको छ, आगामी दिनमा द्धिपक्षीय सम्बन्ध अझ प्रगाढ हुन्छ, नेपालमा निर्वाचन सम्पन्न भएपछि हाम्रो प्रधानमन्त्रीले नेपालका तीनै दलका शीर्ष नेताहरुसँग टेलिफोनमा वार्ता गर्नुभएको थियो, तर यो वीचमा उहाँले दोहोर्याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो, यो पनि विशिष्ट सम्बन्धको संकेत हो।’

नेपालमा हालै जारी भएको बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको लागि यो निर्वाचन महत्वपूर्ण खुड्किलो भएको उनको भनाई थियो । यही सन्दर्भमा हाम्रो प्रधानमन्त्री मोदीजीले नेपालका राजनीतिक दलका नेताहरुलाई फोन गरेर नै बधाई तथा शुभकामना दिनुभएको हो, अब आगामी दिनमा पनि भारत नेपालमा बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न ईच्छुक छ।’ आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनको लागि दुवै तर्फबाट सहकायलाई निरन्तरता दिनुपर्ने उहाँको भनाई थियो । राजदुत पुरीले नेपाल–भारत सम्बन्धलाई मित्रवत छिमेकीको रुपमा चित्रण पार्दै भने,‘नेपाल र भारत स्थायी मित्र हुन्, आगामी दिनमा आर्थिक साझेदारीलाई बढावा दिनुपर्छ, यसमा दुवै देशले उतिकै उदार भएर आपसी फाईदा लिनेगरि अघि बढ्नुपर्छ, यो नै अहिलेको आवश्यकत्ता हो।’ भारतले अब मनाउन लागेको ६९ औं गणतन्त्र दिवसका बारेमा प्रकाश पार्दै राजदुत पुरीले भन्नुभयाे,‘भारत २ सय वर्षको उपनिवेशपछि स्वतन्त्र भयो, भारत स्वतन्त्र भएपछिको यो ७० वर्षको अवधिमा आर्थिक प्रगतिमात्रै नभएर हामीले सामाजिक–साँस्कृतिक रुपान्तरण गर्यौं, राजनीतिक विकास हाँसिल गर्यौं, एकतावद्ध भारत बनाउन सफल भयौं, यो मानेमा म एक हिन्तुस्तानी, भारतीय हुनु र एउटा राजदुतको हैसियतले गर्व महशुस गर्छु।’

भारत तिव्र आर्थिक वृद्धि हाँसिल गर्ने राष्ट्रको रुपमा अघि बढिरहेको उल्लेख गर्दै अर्को वर्ष हामी दोहोरो अंकको आर्थिक वृद्धि हाँसिल गर्ने रफ्तारमा छौं, यो हाम्रो लागि ज्यादै महत्वपूर्ण अवसर हो, नेपाल–भारत सम्बन्ध सदियौंदेखि पूरानो छ, सामाजिक–साँस्कृतिक, राजनीतिक सम्बन्धको अलावामा अब द्धिपक्षीय सम्बन्ध आर्थिक रुपमा साझेदारीका साथ अघि बढ्नुपर्छ।’ भारतमा भैरहेको तिव्र आर्थिक वृद्धि र विकासले नेपाललाई पनि फाईदा पुग्ने उहाँको विश्वास थियो । उहाँले भने,‘नेपालमा भएको विकासले पनि फेरि भारतलाई फाईदा पुग्छ, पछिल्ला वर्षहरुमा नेपालमा पनि आर्थिक विकास भएको छ, यसले आगामी दिनमा नेपाल–भारतवीचको पार्टनरसिपलाई बढावा दिन मद्दत पुग्छ।’ नेपाल र भारत छिमेकी मित्रराष्ट्र भएकोले एक–अर्कावीच विन–विनको आधारमा आर्थिक सहकार्यलाई अगाडि लैजानुपर्नै राजदुत पुरीको तर्क थियो । नेपालमा भारतले ज्यादै महत्व बोकेका मेगा प्रोजेक्टहरु बनाईसकेको उदाहरण पेश गर्दै भने,‘हामीले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम राजमार्ग र टान्समिसन लाईनजस्ता प्रोजेक्टहरु सम्पन्न गरिसकेका छौं, अहिले पनि नेपालमा दुई तिहाई भन्दा बढि वैदेशिक व्यापार हिस्सा भारतको छ, दुवै देशवीच व्यापारिक सहकार्यमा सहजता ल्याउनुपर्छ, यसको लागि आगामी दिनमा सम्पर्क सञ्जाल बढाउनुपर्छ, उचित वातावरण निर्माण गर्नुपर्छ।’

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर