‘विभाजनको निम्तो’ -गोविन्दराज विनोदी

२ श्रावण २०६९, मंगलवार ०१:४० मा प्रकाशित

चुँडेर सयपत्री यो पात-पात थुतौँ अव
राष्ट्रभाव चुँडालेर जात-जात उठौँ अब ।

त्यो हाम्रो जातिको हैन त्यसलाई घृणा गरौँ
त्यो हाम्रो क्षेत्रको हैन दुर्भाव त्यसमा भरौँ ।
त्यो अर्कै राज्यको मान्छे बासै दिन हुँदैन है
अर्काको पथमा आई सासै लिन हुँदैन है ।।
थारुको गाउँमा कोही नपसोस अब बाहुन
क्षेत्री बाहुनको द्यौता हुदैन अरुले हुँदैन छुन ।
हाम्रो हिमालको पानी प्यून हुँदैन मधेशले
हाम्रो मधेशको अन्न खान हुन्न पहाडले ।।

हामी अगाडि जाँदैछौँ फर्कँदैनौँ पछिल्तिर
एक्काइसौँ शताब्दीको योहाम्रो गर्विलो शिर ।
काटियोस् बरू, झुक्दैनौँ अब हामी कसैसित
हुन्न उन्नति है हाम्रो नभई देश खण्डित ।।

छुट्टै राज्य थिए हाम्रा खण्ड खण्ड विभाजित
एक आपसमा हामी लड्थ्यौँ क्या मजासित ।
बनायो दुष्ट प्थ्वीले एउटै देश यो जब
नेपाली भावमा हामी वाध्य भै बाँधियौँ तब ।।

हट्यो त्यो वंश, हामी छौँ अति स्वाधीन यो घडी
गुमेका राज्य ती हाम्रा लिऔँ आपसमा लडी ।
फेरी बाँडिए-र्चौबिस राज्य कायम लौ गरौँ
विध्वंश – बिउ नेपाली मनका खेतमा छरौँ ।।

छन्दः अनुष्टूप
गोविन्दराज विनोदी, गैडाकोट, नवलपरासी ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने