राष्ट्रियसभामा १७ निर्विरोध

११ माघ २०७४, बिहीबार ०८:१९ मा प्रकाशित

काठमाडौं,११ माघ । राष्ट्रियसभा सदस्य चुनावका लागि उम्मेदवारी दर्ता भएको छ । राष्ट्रियसभाको ५९ सदस्यमध्ये स्थानीय तहका प्रतिनिधि र प्रदेशसभाका सदस्यले निर्वाचित गर्ने ५६ पदका लागि दलहरुले उम्मेदवारी दिएका हुन् । राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट आठ जना निर्वाचित हुने व्यवस्था छ । जसमा खुलातर्फ तीनजना, महिला तीन, दलित एक जना र अपांगता वा अत्पसंख्यक समुदायबाट एक जना निर्वाचित हुने संवैधानिक प्रावधान छ ।स्थानीय तहका निर्वाचित प्रतिनिधिको पदभार १८ र प्रदेशसभा सदस्यको भतभार ४८ हुने संवैधानिक व्यवस्था छ । एकल संक्रमणीय आधारमा चुनाव हुने भएकाले दलहरुले आफूले जित्न सक्ने पदका लागि मात्र उम्मेदवारी दिएका छन् ।जसमा १, २, ५ र ७ नम्बर प्रदेशका सबै महिला सदस्यसहित १७ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमा नेकपा एमालेका ६ जना, नेपाली कांग्रेसका ५ जना, माओवादीका ३ जना, फोरमका २ जना र राजपा नेपालका १ जना छन् । निर्वाचन आयोगले भने माघ १४ गतेसम्म उम्मेदवारमाथि दावी विरोध गर्ने समय भएकाले उनीहरुलाई अहिले नै निर्विरोध निर्वाचित घोषणा गर्न नपाइने स्पष्ट पारेको छ । दावी विरोधबाट उम्मेदवारी खारेज नभएमा यी १७ जना राष्ट्रियसभा सदस्य चयन भएका हुन् ।

१ नम्बर प्रदेशबाट ३ महिला सदस्य निर्विरोध

नैनकला ओझा (एमाले)
विना पोखरेल (माओवादी)
सरिता प्रसाईं (नेपाली कांग्रेस)

२ नम्बर प्रदेशमा खुल्ला बाहेक सबै निर्विरोध

महिलातर्फ ३ निर्विरोध निर्वाचित :
शशीकला दाहाल (माओवादी)
मुक्ताकुमारी यादव (नेपाली कांग्रेस)
प्रमिला कुमारी (संघीय समाजवादी फोरम)

अल्पसंख्यकबाट १ निर्विरोध निर्वाचित
बृषेशचन्द्र लाल (राजपा)

दलिततर्फ १ निर्विरोध निर्वाचित
रामपृत पासवान (संघीय समाजवादी फोरम)

५ नम्बर प्रदेशमा महिलातर्फ ३ निर्विरोध

कोमल वली (एमाले)
मीना बुढा (एमाले)
अनिता देवकोटा (नेपाली कांग्रेस)

प्रदेश नं.७ मा ६ जना निर्विरोध निर्वाचित

खुल्लातर्फ ३ सदस्य निर्विरोध निर्वाचित :
शेरबहादुर कुँवर (एमाले)
हरिराज चौधरी (माओवादी)
बद्री पाण्डे (नेपाली कांग्रेस)

महिलातर्फ ३ निर्विरोध निर्वाचित :
इन्दु कडरिया (एमाले)
कमला वली (एमाले)
तारा भट्ट (नेपाली कांग्रेस)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सभामुख र सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको खोप लगाईंदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री