म मन्त्रीका लागि योग्य व्यक्ति हुँ- कोमल वली

१० माघ २०७४, बुधबार २२:१८ मा प्रकाशित

काठमाडौं १० माघ। एमालेका तर्फबाट राष्ट्रियसभा उम्मेदवार बनेकी गायिका कोमल वलीले अब आफू मुलुकको आर्थिक समृद्धिमा केन्द्रित हुने बताउनुभएकाे छ। उहाँले आफू मन्त्रीका लागि पनि योग्य रहेको बताउनुभएकाे हाे। राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र अखण्डताको संरक्षण गर्दै राष्ट्रिय एकता र सद्भावको प्रवर्द्धनमा लाग्ने वलीले बताउनुभएकाे छ। सामाजिक न्यायमा आधारित समृद्धि प्राप्ति गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने योजनामा रहेको बताउँदै कोमलले मन्त्रीको विषयमा भने मुख खोल्नुभएन । ‘मन्त्रीको विषयमा अहिले नबोलौं, म मन्त्रीका लागि योग्य व्यक्ति हुँ ।’ कोमल ओली राष्ट्रियसभाको उम्मेदवार भएलगत्तै सामाजिक सञ्जालमा एमाले कार्यकर्ताले कडा टिप्पणी गरेका छन् । आफूलाई व्यङ्ग्य गरेको भन्दा पनि असल कार्यकर्ताले पार्टीप्रति चिन्ता गरेको उहाँकाे बुझाइ उहाँकाे छ । ‘यो स्वाभाविक हो, पार्टीप्रति चिन्ता गर्नेहरुले यस किसिमको खबरदारी गर्नुपर्छ र यो नियमित हुनुपर्छ ।’

आफू कतिसक्षम छु भनेर देखाउन केही समय कुर्न आग्रह गर्दै उहाँले भन्नुभएन ‘मेरा लागि पनि चुनौती छ, समय आएपछि काम गरेर देखाउँछु । सकिन भने मेरो क्षमताको बारेमा फेरि टिप्पणी गर्नुहोला,’ उहाँले  भन्नुभयाे । एमाले पार्टीले अवलम्बन गरेको नीतिलाई कार्यान्वयन गर्न दृढ रहने योजना रहेको बताउँदै कोमलले आफूले पाएको जिम्मेवारीलाई सशक्त ढंगमा पूरा गराउने बताउनुभयाे। मंगलबार सौर्य एअरलाइन्समार्फत दाङ जाने योजना बनाए पनि फ्लाइट क्यान्सिल भएपछि मंगलबार राति नै गाडी चढेर ओली बुधवार दाङ पुग्नुभएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको