७ नम्बर प्रदेशबाट राष्ट्रियसभामा ६ जना निर्विरोध

१० माघ २०७४, बुधबार १९:०९ मा प्रकाशित

डोटी, १०माघ  – राष्ट्रियसभा सदस्यमा प्रदेश नम्बर ७ बाट ६ जना निर्विरोध निर्बाचित भएका छन् । वाम गठबन्धनका तर्फबाट एमालेका ३  माओवादीका एक गरी ४  तथा कांग्रेसका दुई जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।खुल्लातर्फबाट एमालेका शेरबहादुर कुँवर, माओवादी केन्द्रका हरिराज चौधरी र नेपाली कांग्रेसका बद्री पाण्डे निर्विरोध निर्बाचित हुनु भएको हो । यस्तै महिलातर्फ एमालेकै इन्दु कडरिया र कमला वली तथा नेपाली कांग्रेसका तर्फबाट तारा भट्ट निर्विरोध निर्बाचित हुनुभएको छ । निर्वाचन आयोगले भने माघ १४ गतेसम्म उम्मेदवारमाथि दाबी विरोध गर्ने पाइने भएकाले अहिले नै विजयी घोषणा गर्न नसकिने जनाएको छ । आयोगले यसको औपचारिक घोषणा १४ गतेपछि मात्र गर्ने छ ।

१–१ सिटमा अब २–२ उम्मेदवार

अब ७ नम्बर प्रदेशबाट राष्ट्रियसभामा अल्पसंख्यक एक सिटका लागि २ र   दलित एक सिटका २ जनाबिच माघ २४ गते मतदान हुने छ ।

अल्पसंख्यक सिटका लागि वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका  महेशकुमार महरा र कांग्रेसका चक्रराज जोशीबीच प्रतिस्पर्धा हुनेछ । दलित सिटका लागि वाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार चक्रप्रसाद स्नेही र कांग्रेसका शेरीराम पार्कीबीचको प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।