राष्ट्रियसभा निर्वाचनमा कांग्रेसको मधेशवादी दलसँग सहकार्य

१० माघ २०७४, बुधबार १७:२९ मा प्रकाशित

काठमाडौं १० माघ । सत्तारुढ नेपाली कांग्रेस र मधेशवादी दलहरुबीच प्रदेश नम्बर २ मा सहकार्य गरेर आशन्न राष्ट्रियसभा निर्वाचनमा भाग लिने सहमति भएको छ । सहमति अनुसार प्रदेश नम्बर २ बाट कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले समान दुई–दुई जना उमेदवारलाई राष्ट्रियसभा निर्वाचनमा उमेदवार बनाउने भएका छन् । प्रदेश नम्बर २ मा मधेशवादी दलहरु समाजवादी फोरम र राजपासँग सहकार्य गरेर चुनाव लड्ने सहमति भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयाे । उहाँले प्रदेश नम्बर ३ मा कांग्रेसलाई नयाँ शक्ति पार्टी नेपाल र विवेकशिल साझा पार्टीले सघाउने पनि बताउनुभयाे । राष्ट्रिय सभा निर्वाचनमा सहकार्यका लागि प्रवक्ता शर्मा र कांग्रेस नेता डा. प्रकाशशरण महतले मंगलबार नयाँ शक्ति र विवेकशिल साझासँग छलफल गरेको थियो । यस्तै दुवै पार्टीका नेताहरुसँग कांग्रेसका युवा नेता गगन थापाले पनि राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि छलफल गरेको बताइएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि माघ २४ गते ५६ सिटका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा प्रत्येक प्रदेशबाट ८ जना राष्ट्रिय सभामा निर्वाचित हुनेछन् ।

यी हुन् कांग्रेसका उमेदवारहरु
प्रदेश नम्बर १ 

१) रमेशजंग रायमाझी (खुला)
२) सरीता प्रसाई (महिला)
३) बिन विश्वकर्मा (दलित)
४) महेशकुमार साजु (अपाङ्ग÷अल्पसंख्यक)

प्रदेश नम्बर २ 
१) जितेन्द्र देव (खुला)
२) मुक्ता यादव (महिला)

प्रदेश नम्बर ३ 
१) राधेश्याम अधिकारी (खुला)
२) धना खतिवडा (महिला)
३) हरिशरण नेपाली (दलित)
४) मदनकृष्ण श्रेष्ठ(अपाङ्ग÷अल्पसंख्यक)

प्रदेश नम्बर ४ 
१) सुरेन्द्रराज पाण्डेय (खुला)
२) बृन्दा रानामगर (महिला)
३) जीतबहादुर नेपाली (दलित)
४) प्रकाश पन्त (अपाङ्ग÷अल्पसंख्यक)

प्रदेश नम्बर ५ 
१) दुर्गाप्रसाद उपाध्याय (खुला)
२) अनिता देवकोटा (महिला)
३) मैकुलाल बाल्मिकी (दलित)
४) लुटबहादुर खत्री (अपाङ्ग÷अल्पसंख्यक)

प्रदेश नम्बर ६
१) बिष्णुबहादुर शाही (खुला)
२) सूर्यदेवी मल्ल (महिला)
३) सीताराम विक (दलित)
४) गोपालप्रसाद शर्मा (अपाङ्ग÷अल्पसंख्यक)

प्रदेश नम्बर ७
१) बद्रीप्रसाद पाण्डेय (खुला)
२) तारादेवी भट्ट (महिला)
३) शेरीराम पार्की (दलित)
४) छत्रराज जोशी (अपाङ्ग÷अल्पसंख्यक)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस