राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा उम्मेदवारी दर्ता हुँदै

१० माघ २०७४, बुधबार ०८:१७ मा प्रकाशित

काठमाडौं १० माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा बुधबार उम्मेदवारी दर्ता हुँदै छ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइसकेको छ । प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को दिपायलमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । सरकारले प्रदेशको अस्थायी केन्द्र नतोक्दै आयोगले उच्च अदालत रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय खोलेको थियो ।निर्वाचित हुने

आयोग प्रवक्ता नवराज ढकालले बिहान १० देखि ४ बजेसम्म सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्थापन मिलाइएको बताउनुभयाे । निर्वाचक मण्डलबाट एक प्रस्तावक र एक समर्थक लिएर योग्यता पुगेका जोसुकै व्यक्ति राष्ट्रिय सभा सदस्य उम्मेदवार हुन पाउने कानुनी प्रावधान छ । राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख छन् ।

प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ समेत गरी कुल मतदाता २ हजार ५६ छन् । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ सदस्य चुनिने छन् । संविधानअनुसार उक्त संख्यामा कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीन जना हुनेछन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एकल संक्रमणीय तथा बहुमतीय दुवै प्रणाली अपनाइनेछ । अध्यादेशले एक सदस्य मात्र निर्वाचित गर्नुपर्ने दलित र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको निर्वाचन बहुमतीय प्रणालीबाटै गरिने व्यवस्था गरेको छ । एक जना मात्रै छानिने समूहमा एकल संक्रमणीय मत प्रणाली लागू नहुने भएकाले त्यो व्यवस्था गरिएको हो ।

महिला र अन्य समूहबाट चुनिने ६ सदस्यका हकमा भने एकल संक्रमणीय मत प्रणाली नै लागू हुनेछ । ३५ वर्ष पूरा भएको र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदाता सूचीमा नाम भएको व्यक्ति उम्मेदवार हुन पाउने छन् । आयोगका अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन जाँदा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता सूचीमा नाम भएको प्रमाण र दलको उम्मेदवार हुन चाहे सम्बन्धित दलको औपचारिक पत्र बोकेर जानुपर्छ । उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ धरौटी तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा ओली

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि आइतबारदेखि शुरु हुँदैछ ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम आज बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका

काठमाडौं । वर्तमान राजनीतिको किंग मेकर मानिएको नेपाली कांग्रेसले अझै प्रष्ट धारणा सार्वजनिक गरेको छैन । हिजो संसदीय दलको बैठकपछि